आऊ एउटा सेल्फी ठोकौं

नयाँ नेपालको विकासमा छलाङ मार्दै गर्दा
भौतिकताले जमाना फेरियो
जमिनको माटो, पानी र जंगल कंक्रिटले घेरियो
भावी पिँढी रोउन् या हाँसून् बाल भो र
आऊ कंक्रिटको रूख समाएर
एउटा भाइरल सेल्फी हानौं

परम्परागत ज्ञानलाई माथ गरेर
आधुनिकतामा रमाउँदै गर्दा
पानीका मूल मुहान सुकायौं हामीले
वन-पाखामा कान्ला कान्लामा पाइने
बहुमुल्य जडिबुटी कुल्चेर हिड्यौं
तर आजभोलि
ट्याब्लेटका पत्ता पत्ता अरुले देख्लान् भनी
सिरानीमुनी लुकाउन विवश छौं हामी
साठी काट्ने त अब भाग्यमानी ठहरिने भए
बेला छँदै आँगनीको निमको डाली भाँचेर
सिटामोलको पत्ता सँगै
आऊ एउटा आकर्षक सेल्फी ठोकौं !

बाटोमा अलकत्रो खनाइनु विकास हो रहेछ
रड सिमेन्ट र इट्टाको थुप्रो सहर रहेछ
अमूल्य रैथाने, दुर्लभ जीव जडिबुटी मासेर
मिचाहा वनस्पतीलाई स्वागत गर्दै
गाउँ गाउँलाई पहिरो र बाढीको चपेटामा पारेर
केवलकार र गाडी गुडाउनु हाम्रो रहर भएछ
आउने पिँढी देशमा नरमे विदेशमै रमाउँलान्
त्यसैले तिनीहरू देशमै छँदै
तिनै केवलकारका तारमा झुन्डिएर
आऊ एउटा मनमोहक सेल्फी ठोकौं

ज्ञानलाई विज्ञानमा,विज्ञानलाई प्रविधिमा बदल्नु
विकासको सूचक हो
विज्ञानले कोर्ने विकास-खाका दीगो हुन्छ
राजनीतिले गर्ने विकास चुनावे हुन्छ
थाहा छैन राजनीति गर्नेलाई कति ज्ञान छ
कहाँबाट आफूलाई कति आउँछ
शायद धेरैलाई यत्ति ध्यान छ
बिलम्ब भो भावी पिँढी अट्ने गरेर
भविष्य रहने खाका कोर्न
संकल्प गरेर सुन्दर भविष्यको
ज्ञान बाँडौं अनि त्यही उपलक्ष्यमा
आऊ एउटा दीगो र दीर्घकालीन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology