हिमालै हिमालको देशमा (फोटो फिचर)

बागलुङ : “विहान उठ्ने वित्तीकै हिमाल देख्न पाईयोस, यी हातले सधै सधै नेपाल लेख्न पाईयोस” गायक रामृष्ण ढकालको छाँया एल्वममा समावेश यो कालजयी गीतले भने जस्तै नेपालका अधिकांश क्षेत्रहरुबाट विहान उठ्दा हिमाल देख्न सकिन्छ । त्यसमा पनि पश्चिम नेपालको गण्डकी तथा धैलागिरी अञ्चलको उत्तरी क्षेत्रहरुमा पर्ने नेपालको सबैभन्दा ठुलो संरक्षण क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रका सबैजसो भू–भागबाट त हिमाललाई नजिकैबाट देख्न सकिन्छ ।

७ हजार ६ सय २९ वर्ग कि.मी. मा फैलिएको यो क्षेत्र कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा फैलिएको छ । माछापुच्छ्र्रे, अन्नपूर्ण र धौलागिरी हिमाल, मनाङ र मुस्ताङका उपत्यकाहरु गुरुङ र थकाली संस्कृतीहरु, विश्वमै प्राकृतिक दृश्यको आधारमा उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्ग लगायतमन यस क्षेत्रका विशेषताहरुमा पर्दछन् । नेपालको प्रमुख पदमार्गको रुपमा यस क्षेत्रको विकासले स्थानीय स्तरमा रोजगारी सृजना भई वैदेशिक मुद्रा आर्जनबाट देशको अर्थतन्त्रमा ठुलो टेवा पुगी रहेको छ ।

नेपालका अधिकांश उत्कृष्ट पर्यटकीय गन्तव्यहरु अन्नपूर्ण संरक्षण क्षेत्रमा नै पर्दछन् । जसमा कास्की जिल्लामा पर्ने सुन्दर गाउँ घान्द्रुक जहाँ अधिकाशं गुरुङ समुदायको बसोबास रहेको छ । यो सुन्दर गाउँ सुमुन्द्री सतहबाट २०१२ मिटर को उचाईमा अवस्थित छ । विशेष गरेरे अन्नपूर्ण बेस क्याम्प र पुनहिल ट्रेकका लागि उत्कृष्ट ठाउँको रुपमा परिचीत यस ठाउँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई नजिकैबाट हेर्न सकिन्छ ।

त्यसकारण यसलाई प्रकृतिको सुन्दर उपहारका रुपमा लिने गरिन्छ । घान्द्रुक नेपाली तथा विदेशि पर्यटकहरुको अत्याधिक रोजाईमा पर्ने पर्यटकीय गन्तव्य पनी रहेको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्रभित्रै पर्ने म्याग्दी जिल्लाको–६ मा पर्ने अर्को गन्तव्य पुनहिल पनी हिमशृङ्खला र सुर्योदयको दृश्य अवलोकनका लागि विश्वमै चर्चीत रहेको छ ।

समुद्री सतहदेखि ३ हजार २ सय १० मिटरको उचाईमा रहेको पुनहिलमा सबैजसो मौसममा पर्यटकहरुको घुईचोनै हुने गर्दछ । पुनहिलबाट देखिने सुर्योदय हेर्दा हेर्दै क्षितीजमा सुन्तला रङ्ग भरिन थाल्दछ । अध्यारो र उज्यालोको संगमको रुपमा उभिएको निलो रङ्ग, माथी अस्ताउदो अन्धकार र तल उदाउँदो सूर्यले छरेको सुन्तला रङ्गको प्रकाश, आहा त्यो दृश्यको संयोजन साँच्चै नै त्यहाँ पुग्ने पर्यटकहरुका लागि अविष्मरणीय र यादगार बन्ने गर्दछ ।

विहानै सूर्योदय हुने दिशातर्फ बादलले ढाकेपनी विस्तारै सुर्यका किरणहरुले कालो रङ्गलाई धपाउँदै आकाशलाई खुल्ला गरिदीन्छ । सुर्यको किरण अन्नपूर्ण हिमश्रृङखलाको पुर्वी पाखामा ठोक्किदा “नमरी स्वर्ग देखिदैन” भन्ने बाक्य मिथ्या रहेछ जस्तो लाग्दछ । सुर्यको किरण परेर टल्किन थालेका अन्नपूर्ण र धवलागिरी लगाएतका हिमश्रृङखलाहरुले पृथ्वीमा रहेको सम्पूर्ण सुन्दरतालाई त्यही ठाउँमा ल्याईदिए जस्तो आभाष हुनु स्वाभावीक नै हो ।

निलो आकाश, पुर्वीतर्फबाट हिमालमा ठोक्कीएका सुर्यका किरणहरु र नजीकैबाट देखिने मनोमहक हिमश्रृङखलाहरु आहा त्यो क्षण शब्दमा वर्णन गरेरै सकिदैन । त्यही क्षणलाई हेर्नका लागि विश्वका विभिन्न देशबाट आएका पर्यटकहरु र आन्तरीक पर्यटकहरुले तछाड मछाड गरी क्यामेरा र फोनहरु तस्विर कैद गर्नका लागि तेर्साईरहेको दृश्य पनि हेर्न लायक हुन्छ पुनहिलमा ।

त्यो संगै त्यस क्षेत्रका मानीसहरुको जीवनशैली, त्यहाँका प्रत्येक कुराहरुले हाम्रो नेपालको पुरानो संस्कृतीलाई झझल्काईरहेको देख्न पाउदा हामी प्राकृतीक र सास्कृतीक दुबै रुपमा धैरैनै धनी छौं जस्तो लाग्दछ ।
यो त एउटा सानो उदाहरण मात्र हो नेपालमा यस्ता ठाउँहरु त गणना गर्न नसकिने नै छन् ।

विदेशिहरुले आरर्टिफिसीयल झरना, हिमालहरु र यस्ता गाउँ बस्तीहरु निर्माण गरी आफ्नो देशमा पर्यटकहरुको घुईचो नै लगाउने गर्छन नेपालमा प्रकृतीले दिएको यती धैरै कहिल्यै हेरेर नसकिने अग्ला हिमाल, पर्वतारोहण, झरना, प्राकृतीक तथा सास्कृतीक सम्पदा, एैतीहाँसीक महत्वका मठ, मन्दीर, गुम्बाहरु, वन जंगल, गाउँ बस्ती हुँदा हुदै पनी यथोचीत उपयोग र पर्यटकीय स्थानहरुको विकास तथा प्रवद्र्धनका लागि स्पष्ट खाका नहुदा आर्थिक विकासको एउटा महत्वपूर्ण पाटो पर्यटन व्यवसाय ओझेलमा परेको छ ।

जलश्रोत, कृषि र सेवा क्षेत्रका साथै पर्यटनलाई सुदृढ गराउदै लैजान सकेमा अहिले भाषाणमा धैरै सुनीने आर्थिक समृद्धि धैरै टाढाको विषय होईन त्यसैले पर्यटन प्रवद्र्धनलाई प्राथामिकतामा राखेर स्पष्ट खाका निर्माण गरी कार्यान्वयनमा लैजाने हो भने नेपालको पर्यटन क्षेत्र बाह्रैमास दुध दिने दुहुनो भैसी बन्न सक्छ ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology