गरिब मान्छे साह्रै सस्तो ……(मुक्तक)

महंगो तिमी, यो गरिब मान्छे साह्रै सस्तो भो
सोचेनौ घाटा नाफा, किन्दा बेच्दा उस्लाई कस्तो भो
साह्रो गाह्रो कठिनाइ, थुप्रै मुश्किल छ यहाँ
सायद त्यहाँ तिमीलाई, नाफै नाफा जस्तो भो

पख न ए पख जिन्दगी, म फर्केर आउछु
ती बाधा, काँडा र दुनियाँबाट तर्केर आउछु
धेरै मैलियो, धुमिल–धुमिल भो यो जिन्दगी
नशिवको दुर्गन्धमा, अत्तर छर्केर आउछु

न आँखा न मुटु, र त त्यो पथ्थर रुदैन
जो निर्दयी ढुङ्गा, कहिल्यै कोमल हुँदैन
बुझ्दैन इशारा, घृणा र प्रीतिको यसले
हास या रोउ तिमी, उसलाई छुदै छुदैन

स्वार्थको त्यो राज्यमा, षड्यन्त्रको खेल गर्छन्
भित्र भित्रै पापीहरु, अचम्मको मेल गर्छन्
जित्ने हार्छ हार्ने जित्छ, बेइमानीको देशतिर
सत्य अधिक खुम्च्याएर, अनाहकमै झेल गर्छन्

हेर्दा हेर्दै भाचिएछन्, देशका खम्बाहरु
सगरमाथा भत्काउनलाई, के चाहियो र अरु
प्वालै प्वाल परिसकेको, आमा तिम्रो मुटुमा
म त निरीह, टुहुरो सन्तान, खै मैले के गरु

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology