यस्तो देखियो काँग्रेस बागलुङको चियापान (फोटो फिचर)

बागलुङ : नेपाली काँग्रेस बागलुङले सधैका वर्ष झै यस वर्ष पनि बिजया दशमी, शुभ दिपावली, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष कोजाग्रत पुर्णिमाको दिन काँग्रेसले देशव्यापी रुपमा चियापान कार्यक्रम गर्ने गर्दछन ।

आईतबार विहान बागलुङ सदरमुकाममा गरेको कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका प्रमुख, विभिन्न पार्टीका प्रमुख एवं प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले आगन्तुकलाई स्वागत गर्दै चिया र खाजा वितरणमा आफै सक्रिय हुनुभएको थियो ।

उहाँले सवैलाई स्वागत गर्दै शुभकामना समेत भन्न भ्याउनुभएको थियो । चियापान कार्यक्रमको शुभारम्भ काँग्रेस बागलुङका पुर्व सभापति एवं पुर्व सांसद गोविन्द्र प्रसाद शर्मा कंडेलले गर्नुभएको थियो । उहाँले काँग्रेसले बर्षौ देखी गरेको कार्यलाई निरन्तरता दिन जरुर रहेको बताउनुभयो ।

काँग्रेसका भातृ एवं सुवेक्षुक संस्था र नेता तथा कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । नेपाली काँग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट सुरु गरेको चियापान कार्यक्रम दशैँको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको काँग्रेस बागलुङका पाटी सचिव नवराज पौडेलले जानकारी दिनुभयो ।

तस्बिर : नारायण रिजाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology