छोरो मात्तियो…. (गजल)

छोरा सानै छ भन्थेँ होइन रैछ धेरै मध्ये एउटी छाँटेछ ।
पल्लो गाउँको बिर्खे साहूकी छोरीसँगै जोवन साटेछ ।

धेरै पढाएर ठूलो मान्छे भएको हेर्ने मेरो चाहना थियो,
पढ्न छोडी त्यै च्याखुरिलाई आफ्नी बनाउन आँटेछ ।

अस्ति पिकनिक जान्छु भन्दै पैसा माग्थ्यो मैले दिएँ,
जोडी बनी घुम्नु घुमेछ, आखिरीमा मलाई नै ढाटेछ ।

अस्ति पर चौतारोमा त्यही केटीलाई अँगालो मार्दै,
सेल्फी खिच्दै थियो अरे भन्दै छिमेकीले कुरा काटेछ ।

यसले पढाई बिगार्ने भो आजकल रिसै मात्र उठ्छ,
एउटा छोरो केही नमान्दा मेरो त्यसै यो मन फाटेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology