नितम्बको कमाइ १७ करोड

रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन्। राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन्।

प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन्। आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ।

उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन्। हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन्।

सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको उनी बताउँछिन्। ‘मैले प्लास्टिक सर्जरी गरेर नितम्ब ठूला र आकर्षक बनाएकी हुँ,’ उनी भन्छिन्, ‘यो कुरा मैले कसैसँग लुकाएकी छैन। मेरो इमानदारीले मलाई लाखौँ प्रशंसक दिलाएको छ। यौनाकर्षण र हँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेकी छु।’

लाखौँ प्रशंसकले उनका नितम्ब मन पराए पनि केहीले भने उनलाई देखिसहँदैनन्। कतिपयले उनलाई घृणा र निन्दाले भरपूर सन्देश पठाउने गरेका छन्। ‘तीमध्ये एउटा सन्देश सबैभन्दा डरलाग्दो थियो,’ एन्ड्रिया भन्छिन्, ‘एक जनाले मलाई ‘तिमी नर्कमा जाकिनेछौ’ भनेर कमेन्ट गरेका थिए।’ ती आलोचकले उनलाई भनेका थिए, ‘एन्ड्रिया, तिमी नर्कमा पर्नेछौ। तिम्रा नितम्बसहित सारा शरीर जल्नेछ। त्यतिबेला तिम्रो शरीरबाट प्लास्टिकको गन्ध आउनेछ।’

तर, वर्षमा नितम्बबाट १७ करोड रुपैयाँ कमाउने एन्ड्रियालाई यस्ता सन्देशले केही फरक पर्नेवाला छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology