बार्सिलोना शीर्ष स्थानमा, मेसी, स्वारेज र ग्रिजम्यानको गोल

स्पेन : स्पेनिस ला लिगाको यस सिजनको सुरुवातमा निकै पछि परेको बार्सिलोना अन्तत शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।  शनिबार भएको खेलमा एआइबरमाथि ३–० को प्रभावशाली जित निकाल्यो । बार्सिलोनाको जित र शीर्ष स्थानमा रहेको रियल मड्रिडले नव प्रवेशी  रियल माल्लोर्कासँग  पराजित हुँदा बार्सिलोना शीर्ष स्थानमा उक्लिन सकेको हो।

एआइबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि बार्सिलोनाका तीन स्टार फर्वाडले एक–एक गोल गरे ग्रिजम्यानले १३औं मिनेटमा, मेसीले ५८औं मिनेटमा र स्वारेजले ६६औं मिनेटमा गोल गरेका हुन् । जित पछि ९ खेलबाट बार्सिलोनाको १९ अंक पुगेको छ । दोस्रौ स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट १८ अंक छ।

उता रियल मड्रिड यस सिजन बढुवा भएर ला लिगा खेलेको रियल माल्लोर्कासँग १–० ले पराजित भयो । माल्लोर्काले आफ्नै मैदानमा भएको खेलमा ७औं मिनेटमा लागो जुनियरको गोलबाट अग्रता बनाएको थियो।  

रियल मड्रिडले खेल अवधिभर माल्लोर्कालाई निकै दबाबमा राखेपनि गोल फर्काएर अंक खोस्न सकेन ।  डिफेन्डर अलभारो  ओड्रिओजोला दोहोरो पँहेलो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो।

तीन खेल अघिसम्म निकै पछाडि रहेको बार्सिलोना पछिल्ला खेलमा लगातार जित निकाल्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।  जितसँगै अन्य टोलीको नतिजा पनि बार्सिलोनाको अनुकुल आउँदा फाइदा पुग्यो । बार्सिलोनाले लगातार अघिल्ला दुई सिजनको उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology