महिला क्रिकेटः फाइनलका लागि काठमाडौं र विराटनगर भिड्दै

काठमाडौं : काठमाडौंमा जारी वमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज क्याट क्वीन्स काठमाडौं र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा बिहान साँढे ११ बजेबाट खेल शुरु हुनेछ । यो खेलको विजेताले उपाधिका लागि बिहीबार चितवन राहिनोजसँग खेल्नेछ । चितवनले लिग चरणमा चारै खेल जितेर सोझै फाइनलमा पुगेको थियो ।

राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको काठमाडौंले लिगको पहिलो खेलमा पराजय ब्यहोरेको भएपनि त्यस यताका सवै खेलमा सफलता हात पार्दै आएको छ ।

उसले तीन खेलमा जित निकालेर ६ अंकसहित क्वालिफायरमा पुगेको हो । यता विराटनगर विराटनगरले शुरुवाती २ खेलमा प्रभावशाली जित हासिल गरे पनि त्यसयता २ खेलमा पराजित भएपछि ४ अंकसहित क्वालिफायरमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology