छात्रालाई यौनदुर्व्यवहारपछि जिउँदै जलाउने प्रधानाध्यापकसहित १६ लाई मृत्युदण्ड

एक छात्रालाई आगो लगाएर हत्या गरेको अभियोगमा बंगलादेशको एउटा अदालतले १६ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । अप्रिलमा १९ वर्षीया नुसरत जहाँ रफीको राजधानी ढाकाबाट एक सय ६० किलोमिटर टाढा रहेको सानो सहर फेनीमा हत्या भएको थियो । छात्राले आफ्नै विद्यालयका प्रधानाध्यापकले यौनदुव्र्यवहार गरेको बताएपछि उनको हत्या गरिएको थियो । अदालतद्वारा दोषी ठहर हुनेमा प्रधानाध्यापक र उनका दुई सहपाठी पनि छन् ।

उनको हत्याले सम्पूर्ण देश नै त्रसित भएको थियो । नुसरतलाई न्याय दिनुपर्ने माग गर्दै देशभर शृंखलाबद्ध विरोध प्रदर्शन भएको थियो । सामान्यतया यौन अपराधका विषयमा महिनौँसम्म मुद्दाको सुनुवाइ हुने भए पनि नुसरतको मुद्दालाई अदालतले छिटै टुंगो लगाएको छ । नुसरतको मृत्युबारे भइरहेको छानबिनले उनको आवाज दमन गर्न उनका सहपाठी र समुदायका शक्तिशाली मानिसहरूको संलग्नता रहेको खुलासा भएको छ ।

प्रधानाध्यापक सिरज उद दउलासहित तीन शिक्षकलाई पनि अदालतले दोषी ठहर गरेको छ । दउलाले कैदबाट उनको हत्या गर्न निर्देशन दिएका थिए । त्यस्तै, सत्तारूढ अवामी लिग पार्टीका रुहुल अमिन र माकसुद अलाम पनि दोषी पाइएका छन् । नुसरतले आत्महत्या गरेको भन्ने अफवाह फैलाउन दोषीसँग केही स्थानीय प्रहरीले पनि सहकार्य गरेको अनुसन्धानमा खुलेको छ ।

प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित ढंगले स्पर्श गरेको उजुरी प्रहरीलाई दिएको ११ दिनपछि यसै वर्षको अप्रिलमा उनलाई स्कुलको छानामा लगिएको थियो । त्यसपछि नुसरतलाई बुर्का लगाएका चार–पाँचजना व्यक्तिले घेरा हालेर आफ्नो निवेदन फिर्ता लिन दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology