तिम्रो माया……(गजल)

आजकल सुत्ने बेला म तिर ढाड फर्काउँछ अर्की ल्याउँछ कि?
आजकल चट्ट पर्छ खुबै कपाल लर्काउँछ अर्की ल्याउँछ कि ?

बेला बेला चियो चर्चो गर्छु, फेसबुक आइडी पनि चेक गर्छु,
आजभोलि के भो तँलाई भन्दै थर्काउँछ अर्की ल्याउँछ कि ?

पहिले पहिले त खुबै मरिहत्ते गर्थ्यो, म बिना त मर्छ झैँ गर्थ्यो,
होइन आजभोलि त आँखा त्यसै तर्काउँछ अर्की ल्याउँछ कि ?

तिमी त मेरै मुटुको धड्कन हौ नि भन्दै खुबै मिठो बोल्थ्यो,
आजभोलि त आवाज त्यसै चर्काउँछ अर्की ल्याउँछ कि ?

पहिले पहिले मैले भनेको खुरु खुरु मान्ने गर्थ्यो तर आजकल,
ए बुढा केही गर त भन्दा उल्टै झर्काउँछ अर्की ल्याउँछ कि ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology