धौलागिरीमा क्षेत्रमा पनि नेपाल टेलिकमको फोर जी सेवा सुरु

बागलुङ : नेपाल टेलिकमले धौलागिरीका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा चौथो पुस्ताको फोरी जी सेवा सञ्चालनमा ल्याएको छ । मोवाईल डाटा मार्फत अत्याधुनिक प्रविधिको उच्च गतिको इन्टरनेट चलाउन प्रयोग हुने फोर जी सेवा सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिकमले बागलुङ बजार, म्याग्दी बेनी बजार, पर्वत कुश्मा बजार र मुस्ताङको जोमसोम र मुक्तिनाथ क्षेत्रमा बुधबारदेखि अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनमा ल्याएको प्रमुख शर्माले बताए । टेलिकमले दशैँ अगावै मुख्य बजार क्षेत्रका उपभोक्तालाई लक्षित गरि चौथो पुस्ताको ताररहित दुरसञ्चार सेवा सञ्चालनमा ल्याउन आवश्यक गृहकार्य गरिरहेको थियो ।

टेलिकमले यस लगत्तै बागलुङको लालीगुराँसचोक, कुँडुले, गलकोट नगरपालिकाको ठाना, म्याग्दीको बेनी क्याम्पसचोक, पूलाचौर, रुममा फोर जी सञ्चालन हुने जनाइएको छ । त्यस्तै पर्वतको शिवालय, पातिचौर, दुर्लुङ, मुस्ताङको जोमसोम बजारमा फोर जी सेवा शुरु हुनेछ । एक वर्ष भित्र धौलागिरीका १ सय १२ ठाउँबाट फोर जी सञ्चालनमा ल्याउन अहिले आवश्यक गृहकार्य भईरहेको बताईएको छ ।

आवश्यकता अनुसार अन्य थप ठाउँमा सेवा विस्तार गर्ने टेलिकमले योजना तय गरेको छ । आउँदो वर्ष भित्र देशभर फोर जी सेवा पु¥याउने सरकारी लक्ष्य अनुसार धौलागिरीमा पनि काम तीव्र पारिएको छ । पहिलो चरणमा फोर जी शुरु हुने १४ वटै बिटियस् टावरमा एन्टिना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको छ टेलिकमले जनाएको छ ।

फोर जी सेवा सुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो । इञ्जिनीयर शर्माका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ । ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्नेछ ।

उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् । फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिने बताइएको छ । फोर जी सेवाले ‘डिजिटल नेपालको लक्ष्यलाई पनि सघाउने इञ्जिनीयर शर्माको भनाई छ ।

‘भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइवर पु¥याउन कठिन छ,’ उनले भने ‘ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ ।’ फोर जी राउटरबाट कम्युटर लगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोर जी चल्ने हुँदा सिग्नल कभरेज (पहुँच) पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology