रोनाल्डोको निर्णायक गोल

मिलान : चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निर्णायक गोल सहयोगमा युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्ट्सले जेनोआलाई २-१ गोलले हरायो। युभेन्ट्सको जितमा लियोनार्डो बोनुची र क्रिस्टियानो रोनाल्डोले गोल गरे। जेनोआका क्रिस्टियन कोउमेले एक गोल फर्काएका थिए।

तीनवटा रातो कार्ड भएको खेलमा सुरुआती अग्रता युभेन्ट्सले लिएको थियो। बोनुचीले ३६औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। तर युभेन्ट्सको खुसी चार मिनेटमै भंग भएको थियो। ४०औं मिनेटमा जेनोआका क्रिस्टियनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा जिनोआ नौ खेलाडीमा समेटियो। ५१औं मिनेटमा फ्रान्सेस्को कासाटा दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए। ५८औं मिनेटमा गोलरक्षक फेडेरिको मारचेटी रातो कार्ड पाउँदै बाहिरिएपछि जेनोआ थप संकटमा परेको थियो। फेडेरिकोले रेफ्रीमाथि अभद्र व्यवहार गरेका कारण सोझै रातो कार्ड पाएका थिए। मध्य भागमा अधिकांश बल खेलाएको युभेन्ट्सले निर्णायक गोल गर्न खेलको अन्तिमसम्म पर्खनु परेको थियो। ८७औं मिनेटमा युभेन्ट्स पनि १० खेलाडीमा समेटियो। विपक्षीलाई फल खेलेका एड्रिन रबिओटलाई रेफ्रीले दोहोरो पहेँलो (रातो) कार्ड देखाएका थिए।

युभेन्ट्सले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत निर्णायक गोल गरेको थियो। डिबक्सभित्र जेनोआका खेलाडीले विपक्षीलाई तानेर लडाएपछि भीएआरको सहायतामा युभेन्ट्सलाई पेनाल्टीको मौका दिइएको थियो। सोही पेनाल्टीमा रोनाल्डोले निर्णायक गोल गरे। यस जितसँगै शीर्ष स्थानमा फर्किएको युभेन्ट्सले १० खेलबाट २६ अंक बनाएको छ। जेनोआ आठ अंकसहित तालिकाको १७औं स्थानमा छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको २५ अंक छ।

यसैगरी एएस रोमाले उडिनेसलाई ४-० गोलले हरायो। अन्य खेलमा लाजियोले टोरिनोलाई ४-०, काग्लियरीले बोलोग्नालाई ३-२ र फियोरेन्टिनाले सासौलोलाई २-१ गोलले पराजित गरेको छ। नापोली र एट्लान्टाले २-२ तथा साम्पडोरिया र लिसेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology