‘वडाध्यक्ष भएर पनि दूध बेच्छ भन्दै गिल्ली गर्छन्’

गत शुक्रबार दिउँसो पौने २ बज्नै लागेको थियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ को दोघरेस्थित वडा कार्यालय परिसरमा सेवाग्राही शून्यप्राय: थिए। वडाध्यक्ष भने कार्यकक्षमै थिए।

एक जनामात्र सेवाग्राही थिए। उनी पनि काम सकाएर निस्किए। सायद  तिहार नजिकिएर होला सेवाग्राहीको चाप थिएन।

एक्लै देखेपछि वडाध्यक्षय घनश्याम ढकालसँग हामी गफ गर्न सुरू गर्यौं। यतिकैमा उनको मोबाइलको  घण्टी बज्यो। फोन घरबाट  रहेछ।

उनले हामीलाई १० मिनेट रोक्न आग्रह गर्दै घरतिर लागे। त्यो दिन मात्र होइन प्राय: सधैं त्यही समयमा बाहिर निस्कँदा रहेछन्।

‘सधैं दिउँसो २ बजेपछि वडा अध्यक्षज्यू निस्कनु हुन्छ,’ कर्मचारी मानबहादुर गुरुङले भने,‘फेरि १० देखि १५ मिनेटभित्रै कार्यालय आइपुग्नु हुन्छ।’

‘किन?’ हामीले गुरुङलाई सोध्यौं। उनले थप प्रष्ट  पारे, ‘अध्यक्षज्यू घरमा दूध  लिन जानु हुन्छ।’ उनी सधैं वडा कार्यालय नजिकै रहेको नन्दन डेरी उद्योगमा दूध बेच्न जाँदा रहेछन्।

त्यसपछि हामीले उनलाई पछ्याउँदै उनको घरतर्फ लाग्यौं। तुलसीपुर ८ सुनवर्षामा बस्छन् उनी। एकतले टिनको छाना हालेर घर बनाएका रहेछन्। वडा नं. ९ को दोघरेबाट ढकालको परिवार यहाँ बसाइँ सरेको दस वर्ष जति भयो।

जब उनको घरमा पुग्यौं। झन् वातावरण फरक पायौं। तपाईंहरू बुवाआमासँग गफ गर्दै गर्नुस् ,म एकै छिनमा बाख्रालाई घाँस काटेर आइहाले,’ यतिभनेर ढकाल निस्किए।

घरमा बुवाआमा र उनकी श्रीमती(बालिका) रहिछन्।

फुर्सदको समयमा वडाध्यक्ष ढकालले दूध दुने, भकारो सोर्ने,  वस्तु भाउलाई घाँस काट्ने, पानी बोक्नेलगायत सबै काममा सघाउँदै आएको श्रीमती बालिकाले बताइन्।

‘बिहान ४ बजे नै गाई दोइसक्नुपर्छ,’ बालिकाले थपिन्,‘कहिले म दुन्छु कहिले उहाँले दुनु हुन्छ।’ तर दिउँसोको समयमा भने प्राय: सधैं आफूले नै दुने गरेको ढकालले बताइन्।

‘दिउँसो सधैं २ बजेतिर मैले दूध दोएर ठीक्क पारिदिन्छु अनि उहाँ आएर दूध डेरीमा लैजानु हुन्छ,’ बालिकाले भनिन् ‘उहाँलाई फुर्सद नहुँदा कहिलेकाहीँ मात्रै म आफैं लगेर जान्छु।’

घर नजिकै एउटा रूखमा चढेका ढकालले धमाधम स्याउला काटे। त्यो लगेर गाई–बाख्रा भएको ठाउँमा पुगे। अनि घाँस डोरीमा टाँगी दिए। घाँस काट्न प्राय: आफैं जाने गरेको उनले बताए।

https://www.setopati.com/uploads/shares/2019/01/sujita/wada adhyachha (1).JPG

ढकालको घरमा १६ वटा बाख्रा र ३ गाई छन्। अस्ट्रेलियाबाट एउटा बोयर जातको बोका साढे ३ लाखमा किनेर ल्याएका रहेछन्।

उनको घरमा हाल दुइटा होलेष्टियन जातका दुहुनो गाई छन्। एउटा बाच्छी छ। उनले कोरली छँदा दुइटा गाईलाई दुई लाखमा किनेर ल्याएका रहेछन्।

ती दुई वटा गाईले साँझ–बिहान गरेर दैनिक २२ लिटर जति दूध दिन्छन्। घरमा खाएर बचेको दूध उनले डेरीमा बेच्न लैजान्छन्।  घाँस जोहो गर्न उनले दुई ठाउँमा पाखो पनि किनेका छन्।

https://www.setopati.com/uploads/shares/2019/01/sujita/wada adhyachha (1).JPG

ढकालले दोघरेस्थित नन्दन डेरी उद्योगमा दूध बेच्न थालेका १६ वर्ष भयो। वडा अध्यक्षमा निर्वाचित भए पनि उनले आफ्नो पेशा भने छाडेनन्।

मासिक ३० हजारसम्म दूध बेचेर आर्जन गर्ने गरेको वडा अध्यक्ष ढकालले बताए। यतिमात्रै होइन ढकाल परिवार खेती किसानीदेखि अन्य सबै काम आफैं गर्छ।

बाबु–आमा र पत्नि जनताको अध्यक्ष भए पनि घरको किसान भएको हुँदा काम गर्नु सामान्य भएको बताउँछन्। उनका अभिभावकदेखि पत्नि सबैले अध्यक्ष ढकालले जनताको सेवामा पनि रातदिन खटेको देख्दा खुसी लाग्ने गरेको बताए।

‘राजनीति सेवा हो पेशा हैन, किसानको छोरा भएपछि गुजारा चलाउन घरको काम त गर्नै पर्‍यो नि,’बुवा देविलालले भने। उनका छोरा भने अध्ययनको सिलसिलामा बाहिर छन्।

४७ वर्षीय ढकालले आफ्नो वडामा गरेको विकास निर्माणको कामले तुलसीपुरका १९ वटै वडामा यतिबेला चर्चा पाएको छ। सिँचाइ कुलो, नहर र बजार क्षेत्रका हरेक जसो गल्लीगल्ली उनले कालोपत्रे गरिसकेका छन्।

https://www.setopati.com/uploads/shares/2019/01/sujita/wada adhyachha (1).JPG

कामलाई पूजा ठान्ने ढकाल सादकीजीवन शैली रुचाउँछन्। ढकालले भने, ‘म बाहिर जस्तो देखिन्छु भित्र पनि त्यस्तै छु। कसैलाई देखाउन आडम्वर गर्नुपर्ने मभित्र केही छैन।’

वडा अध्यक्ष भएर पनि अझै दूध बेच्दै हिँड्छ भनेर उनलाई कतिले मुखै फोरर समेत गिल्ली गर्न खोजे। तर उनी हिच्किचाएनन्।

एक जना सचिवले वडा अध्यक्ष भएर दूध बेचेर हिँड्न नसुहाउने भन्दै दूध बेच्न छोड्न आग्रह गरेका थिए।

ती सचिवलाई वडा अध्यक्षले उल्टै प्रश्न सोधे, ‘के म आफ्नो पेशा छोडेर चोर्न जाम त ?’ अर्को दिनदेखि उनले सोध्ने छोडेछन्।

‘मैले आफ्नो परिश्रम गरेर आफ्नो जीविका चलाउने हो नि,काम गर्नु कसैले लाज मान्नु पर्दैन,’ ढकालले भने ।

उनका एक जना मित्रले पनि दूध बेच्न छोड्न आग्रह गरेका थिए।

उनका ती साथीले भनेछन्,‘हाम्रो पनि इज्जतको सवाल छ। हामीलाई मान्छेहरूले तेरो वडा अध्यक्षले त दूध बेच्छ भनेर गिल्ली गर्न थालिसके। त्यसैले अरु सबै गर्नुस् तर दूध बेच्न छोड्नुस्।’

तर उनले साथीको कुरा पनि सुनेनन्। आजकाल सहरमा बस्ने र बोर्डिङमा पर्ने बच्चाबच्चीले दूध गाई भैंसीले हैन डेरी दिन्छ भन्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे।

उनले भने, ‘आज हामीले नगर्ने हो भने पछिका पिँढीले कसरी सिक्छन्।’ संभव भएसम्म सबैले घरमा गाई भैंसी पाल्नु पर्छ, दूध दही खानुपर्छ, कृषिमा प्राङ्गारिक मल हाल्नु पर्छ , अर्ग्यानिक तरकारी उत्पादन गर्नुपर्छ भन्ने कुरामा जोड दिनुपर्ने उनले बताए।  सेताेपाटीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology