बागलुङ पश्चिमको प्रदेश निर्वाचनले तातेको पाटो

यतिबेला देशैभरी हुने उपनिर्वाचनको चर्चा छ । राजनीतिको बींत तात्दै गर्दा बागलुङ पश्चिमको प्रदेश चुनावको परिचर्चाले समेत चोक, गल्ली, चिया पसलहरु डामिदैछन् । सामाजिक सञ्जालका तावाहरुमा उस्तै राप देखिन्छ । राप, ताप र भावले उछिट्टिएका भावहरु चिन्तकका विचार विश्लेषण हुनेछ ।

काँग्रेसमा ‘टुँगो न बुँगो’  
सबै पार्टिले आफ्ना तर्फबाट उमेदवार छान्दै गर्दा अहिलेसम्म काँग्रेसको को के भन्ने टुँगो न बुँगो देखिएको छ । गत निर्वाचनमा बामतालमेलले निचोर डाम्रीपारेको काँग्रेसलाई यसपालीको गठबन्धनकै कुराले चिस्याएको छ । अर्कोतिर रेशमा छिर्ने दाउमा पनि केही नेताहरुको आकाँक्षाले ४/४ जनाको उमेद्वारी केन्द्रमा पुगेको छ । पार्टिभित्रको गुट उपगुटले चुम्लुङ्ग डुवेको काँग्रेस केन्द्रमा मात्र होईन स्थानीय तहमा समेत त्यसको गन्ध र स्वाद अनुसारका उमेदवारको दावी हावी भएपछि जिल्लाले केन्द्रतिरै हुर्याएको हो । सबैले आ—आफ्ना उमेद्वारका नाम सामाजिक सञ्जालहरुमा डाम्दै गर्दा काँग्रेस शुभचिन्तकहरुले भने को र के भन्दै केन्द्रका नेताहरुका मोवाईल डायल गर्न नम्बर अचेटिरहेका छन् । २१ कार्तिकमा मनोनयन दर्ताको समयसीमा छ, पार्टिले अझै टुँगो नगलाएपछि, महिनौंदेखि काठमोडौमा डेराजोडेका आकाँक्षी उमेदवारहरु चटचटी पसना काढेका छन् ।

राष्ट्रिय जनमोर्चालाई ‘घरभरी पिंडालु कता हिंडालु’ 
यसपटक पनि बाम गठबन्धनको कुरा स्वयं नेकपाको केन्द्रले बोल्ने र सचिवालयले निर्णय गर्ने, यत्ति भए राजमोलाई लट्री लागेको अनुभूत भएको छ । गठबन्धनको इमान्दारिताका पक्का जीत सुनिश्चित ठानेको जनमोर्चालाई उमेदवार पनि मिल्यो । निसीखोलाका खीमविक्रश शाही गठबन्धनबाट उमेदवारका रुपमा खडा पार्टिले खडा गरेको छ । तर जनमोर्चामा देखिएको आन्तरिक चिसो, त्यसले जन्माएको आन्तरिक तुस र घरकलहले अमिल्लेको महसुस उस्लाई छ । अर्कोतिर मतका हिसावले आफु भन्दा डब्बल भएको नेकपाले पर्खेर हेर भन्दैछ । विगतमा गरिएको कोपाराकोपार, उखेलाउखेल र वक्तव्यवाजीले आजित भएका नेकपा नेताहरुलाई यही मौकामा यिनको सेखी झार्ने भन्ने पक्का छ । शिहजो कहिल्यै नचाहिने जस्तो व्यवहार गर्ने जनमोर्चा र सौताको झड्केलो ठानिएको राजमोबीचको तालमेल ‘मुहीमा झिंगा’ भएको छ । अवसरले घरभरी पिंडालु कता हिंडालु भएपनि सामाजिक सवालमा एकत्व नदेखाएको जनमोर्चाका नेताहरु जो हिजो थुतुनो पुर्वको पश्चिम र पश्चिमको पुर्व पर्काएर हिंड्ने उनीहरुका लागि त्यही चोंचो एकठाउँ बनाउन चुम्बकको दुईधु्रव जोड्न खोजिएको जस्तो अफ्ठेरे भएको छ । बाह्य कुराका समस्या छँदैछन् । आन्तरिक तरहले पनि हालैमात्र ढोरपाटन नगरपालिका वडा नं. ४ का वडा अध्यक्षमाथि आफ्नै पार्टिका कार्यकर्ता जाइलागेर भएको घटनाले आफैबीचको मनआन्दोलन कायम छ । सबैतिर साँसदका श्रीमतिलमाई उमेदवार बनाइदै गर्दा स्वर्गिय टेकबहादुरकी धर्मपत्नीलाई पार्टिले छोड्नु अर्को तर्क र शंकाको विषय बनेको छ ।

नेकपालाई ‘चुनाव भालुको कम्पारो’ 
नेकपालाई यो चुनाव भालुको कम्पारो भएको छ । आफ्नो जनमत राम्रो बन्दा बन्दैपनि केन्द्रले बामगठबन्धनका नाममा राजमोलाई सघाउने भनेपछि, टाउको दुखेको ओक्तो टाइटोमालाइ भएको उनीहरुको मनमा छ । विभिन्न पार्टि परित्याग गराउँदै नेकपा भित्र्याएका नेकपालाई आफ्नो उमेदवार जिताउने अवसर केन्द्रले खोसिदिए पछि मन डडेर तरेखु भएको छ । स्वाद नपरेकी श्रीमति परेझै राजमोसँग गतिलो स्थानीय तालमेल नभएको महसुस गरेको नेकपालाई आत्था आच्चु छ । पार्टिको निर्णय तोड्न कसैको सल्लाह छ, कतिपयलाई भोलीके भविश्य समेत खुईलिने डरले कुना काप्चाबाट सरसल्लाहका गन्धहरुपनि निस्कदैछन् । ढोरपाटन नगरपालिकामा नगरपालिकाका स्वकिय सचिवमा रुपमा जागिर खाएका केशर छन्त्याललाई पार्टि केन्द्रको निर्णय नाघेर जान उक्साइएको पनि छ । पार्टिका स्थानीय नेताहरुसँग परामर्श, सरसल्लाह र जसरी पनि आफ्नो मत सुरक्षित गरेर जाने भन्दै उनी आफ्नो उमेद्वारीको लविङमा देखिन्छन् । तर पत्याउने कस्ले, भोली साँच्चै बैतरणी तरिन्छ भन्ठानेका उमेदवार पनि होईनन् । स्वाद पर्दा नगरपालिकाबाट तलव खाने नपर्दा नेता हुन्छु भन्नेलाई आफ्नै पार्टिका कतिपय नेताहरुले छन्तायलको उत्त्ताउलो खेल भनिरहेका छन् । पार्टिका नेताहरुलाई आफ्ना सबै कुरा नेकपाले राखेकै हो । जिल्ला, प्रदेश र केन्द्रसम्म यहाँको अवस्था जानाकारी पार्टि केन्द्रलाई राम्ररी थाहा छ तर विगतको समझदारी, भविश्यको दीर्घसोंच र वर्तमानको यथार्थलाई हेरेर पाटिैले यस्तो निर्णय गरेको नेकपा वृत्तका एकथरीको विश्लेषण छ । पार्टिको निर्णय र निर्देशनलाई पालना गरेर इमान्दार पुर्वक जानुको विकल्प नभएको उनीहरुको भनाई छ । पार्टिले विद्रोह गर्ने नै हो भने अलि पाको र समाजले पत्याउने मान्छे लगेर जानुपर्ने अर्कोथरीको धारणा छ तर पार्टिको बैठकले केन्द्रमा पठाएका उमेदवार भन्दा बाहिरबाट छन्त्यालले विद्रोही उमेदवार दिन खोज्नु उक्साहट र उन्दाम मनोकाँक्षा भएको उनीहरु टिप्पणी गर्छन । नेकपा निसीखोलालाई त्यहीको उमेदवार भएपछि आफ्नो नभएपनि आफ्नो ठाउँको भन्ने छ । ढोरपाटनलाई आफ्नो पालिकाको नभएपछि अलिअलि चिसो पसेको हो । तमानखोलालाई आफ्नो पालिकाको नभएपनि अन्तको तात्तो न छारो नै हो । त्यसकारण पनि अन्यत्र चासो छैन यहाँको चिलचिलावट मनोनयनसम्मले देखाउने छ ।

अन्य ‘सानादलको घनेक्रो, चर्चामा आउने दाऊ’ 
अन्य साना दलहरुबाट समेत यहाँको प्रदेश निर्वाचनमा उमेदवारी परेको छ । एउटा वडा कमिटि समेत फर्मेशन नगरेको विवेकशील नेपाली दलबाट ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीका छोरा सन्तोष भण्डारीलाई प्रदेश उमेद्वार बनाएर पठाएको छ । भण्डारी परिवार नेकपामा आवद्ध छन् । ममताका हिसावले आमाको भोट घरमा सुरक्षित होला अन्य लहै लहैमा लाग्ने साथीभाईले उठिहालेछ जे सुकै होस भनेर मतपत्र रंग्याउलान अन्यथा अर्थपूर्ण उमेद्वारीको दल त्यो देखिदैन । राप्रपाबाट राजकुतका गणेशबहादुर कु्वँर उमेद्वार छन् । गाइ कि हलोमा विभाजित पार्टि गणतन्त्रपछि खुईलिसकेको छ । उमेदवारीबाट नामचर्चा होला अरु उपाय उनलाई पनि छैन । हालचालै पहाडका बाबुराम भट्टराई र मधेरका उपेन्द्र यादवबीच एकतापछि भनेको समाजवादी पार्टिबाट अशोक कुमार विक उमेद्वार छन् । अघिल्लो निर्वाचनमा काँग्रेसमा रहेका विक, दलितमुखी नारा लिएर अरुको अस्तित्वबध गर्थे । आज राजनीतिमा होमिएपछि त्यो गल्ती भएको महसुस गरेका उनलाई दलित समुदाय र जनजातिहरुबाट मत आउँछ कि भन्ने झिनो आसा होला । बुर्तिबाङको वडा नं. १ मा काँग्रेसको गढ हुँदा पनि वडा अध्यक्ष हारेर बसेका उनी समाजवादी पार्टिबाट उमेदवार त भए, यो निर्वाचनमा केही मत ल्याउन सक्ने अनुमान अरुले पनि गरेका छन् ।

के भन्छन, त अनुमानीहरु 
चुनाव र चर्चा भनेको फुर्सदको अनुमानकारिता पनि हो । उमेदवार कस्को कस्तो भन्ने देखि उसका नराम्रा बढी र राम्रा कम प्रचार हुने समय पनि यही हो । काँग्रेसबाट जीत शेरचनको नाम आउँदै गर्दा विगतबाट पाठ सिकेर उस्ले चान्स पाउँछ कि भन्नेहरु पनि छन् । उनीसँगै चर्चामा रहेका अर्को नेता दोर्ण कुवँर समाजसँग घुलमेल गर्न नसक्ने, फरक पार्टिका नेताहरुसँग बोलचाल पनि नगर्ने अलि घमण्डी पाराको भन्ने रहेछन् । नेकपा र जनमोर्चाबीचको केन्द्रीय तालमेल स्थानीय तहमा विच्किए दुवै जनालाई दाउ लाग्ने उनीहरुको निष्कर्ष हो । पार्टिले कस्लाई टिकट दिन्छ ठेगान नभएको बेला आ आफ्नै कखरा उनका समर्थकहश्र पढिरहेका छन् । नेकपामा विद्रोहको कुरा आउँदै गर्दा तुल्सी अर्याललाई लिएर जाने हो भने जितिने कार्यकर्ताको बुझाई छ । त्यसका लागि केही ढिलाई त भएको छ तर परिस्थति सम्हाल्न सक्ने हिम्मत भए केही हुने अनुमान छ । नभए चर्चामा देखिएका छन्त्यालको उमेदवार आत्मघाती हुने र भविश्य समेत विग्रने नेकपा वृत्तमा चर्चा छ । आज बाम गठबन्धनमा समेटिएको जनमोर्चा भोली काँग्रेससँग तालमेल गर्यो भने, टिकिट्याँसट्याँस हुने अन्तरमनका कथाहरु भनिरहेक छन् । राष्ट्रिय जनमोर्चाले नेकपा इमान्दार भए जितिने पकका मानेको छ । स्थानीय स्तरमा नमिलेका मनहरु जेनतेन थाम्दै मंसिर १४ कटाउन पा, ठू्रलो कालचक्रबाट मुक्त हुने उनका नेताका मनमा लागेको छ । तर नेकपाले पनि विद्रोही उमेद्वार दर्ता गरे एउटा हुँदैन दुई दुई वटा हुने पनि हल्ला खल्ला छ । छन्तायलले दर्ता गरे नेकपाबाटै शेरमान घर्तिपनि तयारी अवस्थामा रहेको चर्चा छ । नेकपा नमिले काँग्रेसलाई दाउ लाग्ने छ । यो दाउ काँग्रेसले जिवन्त राख्न भेलीका दिनहरुमा जनमोर्चासँग साँठ गाँठको राम्रो अवसर मिल्ने उनहरुको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology