उपनिर्वाचनको तयारी पूरा : प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको मनोनयन आज

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लामा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि तयारी पूरा भएको बताएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको तयारी पूरा भएको र बिहीबारबाट कार्यान्वयनको चरणमा जाने बताए । ‘आयोगले उपनिर्वाचनको तयारी सकेको छ, अब निर्वाचनको कार्यान्वयनको क्रममा आयोग अगाडि बढ्यो,’ प्रमुख आयुक्त थपलियाले भने ।

प्रमुख आयुक्त थपलियाले उपनिर्वाचन हेर्दा सामान्य र सानोजस्तो देखिए पनि राजनीतिक अर्थ र महत्व बोकेको निर्वाचनको महŒव भने व्यापक रहेको भन्दै खर्चका हिसाबले समेत उपनिर्वाचन महँगो हुने बताए ।
‘उपनिर्वाचन हेर्दा सानो जस्तो छ, मतदाता पनि थोरै छन् तर यसको महत्व राजनीतिक हिसाबले ठूलो छ, खर्चका हिसाबले पनि उपनिर्वाचन महँगो पर्ने देखिन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकार सम्मेलनमा भने ।

उनले उपनिर्वाचनलाई निष्पक्ष, तटस्थ र भयरहित तुल्याउन आयोग प्रतिबद्ध रहेको समेत बताए ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुनेछ ।

निर्वाचनमा ३७ जिल्लामा गरी कुल ४ लाख ५४ हजार ११४ जना मतदाता कायम गरिएको र उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि मतदाता शिक्षा कार्यक्रम ५ देखि ११ मंसिरसम्म सञ्चालन हुनेछ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको बिहीबार (आज) बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको तयारी छ । स्थानीय तहका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म हुनेछ ।

उप-निर्वाचनका लागि १४ मंसिरमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन भन्दै आयोगले ८ मंसिरबाटै आचारसंहिता लागू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology