पाकिस्तानले माग्यो चीनसँग ९ अर्ब डलर

पाकिस्तानले चीनसँग ९ अर्ब अमेरिकी डलरको ऋण मागेको छ। चीन–पाकिस्तान आर्थिक करिडोरलाई अघि बढाउन उक्त ऋण आवश्यक भएको पाकिस्तानको भनाइ छ।

पाकिस्तानी पत्रिका डनका अनुसार नवौं संयुक्त सहयोग समितिकको बैठकमा ग्वादर स्मार्ट सिटी गुरुयोजनालाई मञ्जुरी दिइएको छ। दुवै देशका प्रतिनिधिले स्वास्थ्य र वाणिज्य सम्बद्ध दुईवटा सम्झौतामा हस्ताक्षर गरेका छन्।

यसै क्रममा ३९२ किलोमीटर लामो मुल्तान–सुक्कुर सडकको उद्घाटन गरिएको छ। उक्त सडक निर्माणका लागि चीनले २ खर्ब ९४ अर्ब पाकिस्तानी रुपैयाँ सहयोग गरेको छ। बैठकमा पाकिस्तानका योजनामन्त्री मखदूम खुसरो बख्तियार र चीनका राष्ट्रिय विकास एवं पुनःसंरचना आयोगका उपाध्यक्ष निङ चिच सहभागी थिए।

बैठकमा इरान र अफगानिस्तानसँगको सीमा जोडिएको क्षेत्रमा भौतिक संरचना बनाउने पनि सहमति भएको छ। पाकिस्तानी योजनामन्त्री बख्तियारले उक्त निर्माण सन् २०२० सम्म पूरा हुने जानकारी दिए। बख्तियारले उक्त निर्माण नहुँदासम्म सेनाले पाकिस्तानको सुरक्षा गर्न कठिन भएको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology