‘नेकपाका नेता’ शेरमानको ‘बागी’ उम्मेदवारी, वाम गठबन्धनमा तरंग !

बागलुङ : बागलुङ क्षेत्र नम्बर–२ ‘ख’ प्रदेशसभा सदस्य पदका लागि शेरमान घर्तीमगरले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार उनले आफ्नो मनोनयनपत्र दर्ता गराएका हुन् । सत्तारुढ दल नेकपाका नेतासमेत रहेका घर्तीको प्रस्तावकमा ददिराम शर्मा र समर्थकमा रिमबहादुर विक छन् ।

यहाँ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारकारुपमा खिमविक्रम शाहीको उम्मेदवारी दर्ता गराइएको छ । ढोरपाटन नगरपालिका–९ का घर्ती लामो समयदेखि वामपन्थी राजनीतिमा क्रियाशील व्यक्ति हुन् ।

उनले मनोनयनपत्र दर्ता गराएसँगै वाम गठबन्धन वृतमा तरंग पैदा भएको छ । ४९ वर्षीय घर्ती राष्ट्रिय जनमोर्चा परित्याग गरी तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएसँगै नेकपाका नेता बनेका उनले पुनः जनमोर्चालाई नै भोट हाल्नुपर्ने बाध्यता पीडाजनक भएको भन्दै उम्मेदवारी दर्ता गराएका हुन् ।

यद्यपि, उनले आफू अहिलेसम्म नेकपाको सदस्य पनि नभएको जिकिर गरे । घर्तीले सन्चारकर्मीहरुसित कुरा गर्दै आफूले उम्मेदवारी फिर्ता नगर्नेसमेत बताए । पार्टीको कुनै कारबाहीबारे आफूलाई चिन्ता नभएको र पार्टीको सदस्यसमेत कुनै कारबाहीमा नपर्ने उनको भनाइ थियो ।

तर, उनले उम्मेदवारी फिर्ता गर्नेमा विश्वस्त रहेको नेकपाका नेताहरु बताउँछन् । नेकपाका एक नेताले आवेशमा जे बोले पनि उनले उम्मेदवारी फिर्ता गर्ने विश्वास गरिएको बताए ।

बागलुङ–२ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology