शासकको धर्म

त्यसो त धेरैलाई लाग्न सक्छ, बुद्धिज्म धर्म शास्त्र हो राजनीति शास्त्र होइन | फेरि पनि बौध वाङ्मयमा राजनीति शास्त्रमा सरोकार राख्ने प्रसंग यत्र तत्र अभिलेखन भएको पाइन्छ | यस्ता प्रसंगले बुद्धिज्मको, व्यापक आयामलाई मात्रै सतहमा ल्याउदैनन्, पूर्वेली, एशियायी शासन पद्धति स्वेच्छाचारी(despotic) हुन्थ्यो भन्ने पश्चिमा भ्रम निवारण गर्न पनि विपुल खजाना उपलब्ध गराउँछन् |

यहाँ तल यस्तै एउटा प्रसंग पस्किने काम भएको छ | राजा/राज्यको धर्म बारे | यो बौध साहित्यको महावस्तुमा वर्णन भएको विषय हो | प्रस्तुत आलेखमा त्यसका मुख्य मुख्य अंश उल्लेख गरिएका छन् | समयको यत्रो अन्तराल पछि पनि अधिकांश सुझावहरु आज पनि उत्तिकै सान्दर्भिक छन् |

भनिन्छ, महावस्तु ईसा पुर्व दोस्रो शताब्दीमा लेख्न थालियो र त्यसमा थप्ने क्रम ईस्वीको चौथो शताब्दी सम्म कायम रह्यो | यो काल खण्डमा बुद्धका विचारको व्याख्या गर्ने र रंग पोत्ने काम भयो | महावस्तुमा बोधिसत्वहरु बीच विकास भई रहेका विचारहरुको संकलन छ | त्यसमा श्रुतिमा आधारित कतिपय प्राचिन कथा, परम्परा र बौध मूल ग्रन्थका अनुच्छेद संरक्षण गरिएका छन् |

‘राजा क्रोधको वशमा कदापि पर्नु हुन्न | उसले त बरु त्यसलाई कावुमा राख्नु पर्दछ, किन भने आक्रोसमा न आफ्नो हित साधना हुन्छ न त कर्तव्य नै |…विवाद उत्पन्न हुँदा राजाले दुवै पक्षको फिराद उत्तिकै मनन गर्नु पर्दछ, उनीहरुका तर्क सुन्नु पर्दछ | अनि मात्र जे सही हो त्यसको फैसला गर्नु पर्दछ | उ पक्षपाति हुनुहुन्न, भय, घृणा या मूर्खताले काम पनि गर्नु हुन्न |…राजपाटलाई तन्दुरुस्त राखि रहँदा सारा प्रजालाई खुसवहाल राख्न कुनै कसर बाँकी राख्नु हुन्न | हिंसाजन्य कर्मबाट उ जोगिनु पर्दछ र उसले पुनित कर्म गरे प्रतिफल निस्कन्छ भन्ने देखाउन सक्नु पर्दछ | उ परिणाममुखि हुनुपर्दछ | पूर्ववर्ती राजाहरुले आफ्नो राज्यमा अन्यत्रबाट आउने प्रजालाई आश्रय गराए जस्तै (आजका) राजाले आप्रवासीहरुलाई आश्रय दिनु पर्दछ | सर्वदा गरिवलाई विशेष महत्ता दिंदा दिदै पनि आफ्ना धनी प्रजालाई पनि संरक्षण गर्न न भुल्न हुँदैन | छिमेकी राजा(राज्य)हरुसंग शत्रुता न मोल | जसले अरुलाई घृणा गर्दछ, उसलाई पनि विरोधीले त्यसरी नै घृणा गर्दछ | आफ्ना छिमेकीसंग सुमधुर मित्रताको सम्वन्ध बनाउँ | जो मित्रतामा खरो उत्रन्छ उसलाई अरुले पनि आदर भावले हेर्दछन् | जे पायो त्यो विषयमा लम्बेतम्बे प्रवचन नदेऊ | उपयुक्त समय न आउन्जेल धैर्य बन र अनि मात्रै आफ्नो निर्णय सुनाऊ |

न्यायोचित ढंगले जो जियेका छन् तिनको संरक्षण गर | किनभने सत्ताको चक्र न्यायको चक्रमा टिकेको हुन्छ (बल चक्रम् हि निर्णय धर्म चक्रम् प्रवर्तते |) | कोही अनैतिक, झगडालु वा अधम छ भने उसलाई गाउँको या प्रदेशको मुखिया बनाउने काम कुनै हालतमा न गर – ति तिम्रै भाइ छोरा या आफन्त किन नहुन | शासक या सत्ताको निम्ति मुर्ख या लालची मन्त्रीको कुनै प्रयोजन छैन | त्यसैले यस्ता मन्त्रि नियुक्त गर जो लालची होइन विवेकशील छन्, परामर्शको काममा दत्तचित्त भएर लाग्छन् र सत्तालाई बाटो देखाउन सक्छन् | तिम्रा आँखा गुप्तचरको जस्तो तिख्खर न हुन सक्छन् | त्यसैले आफ्ना समस्त क्रियाकलापमा मदत पुग्ने गरी तिनलाई ठाउँ ठाउँमा भर्ति गर |’

शासकमा प्रज्ञा र शील/सदाचार दुवै हुनु पर्दछ | उसमा न्यायिक भावना पनि उत्तिकै बेजोड हुनु पर्दछ | बौध शास्त्रमा कोरिएको राजनीतिको लक्ष्मण रेखा भनेको नै :
बल चक्रम् हि निर्णय धर्म चक्रम् प्रवर्तते |

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology