कालापानी र लिपुलेक नेपालको अभिभाज्य भूमि : कांग्रेस

काठमाण्डाैँ : कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे बताएको छ । नेपालको भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण अस्वीकार्य हुने कांग्रेसले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसँग यसबारेमा टेलिफोन संवाद गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका । शर्माले जारी गरेको विज्ञप्तिमा देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको उल्लेख छ ।

‘यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology