रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा चापाकोटकी निरु गम्भीर घाइते

पाल्पा : पाल्पाको रामपुर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएकी छन् । अर्को एक जना सामान्य घाइते भएका छन् ।

रामपुर नगरपालिकाको सहिद बहुमुखी क्याम्पस अगाडी आज दिउँसो मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चापाकोट नगरपालिका वडा नं ५ का मोटरसाइकल चालक वर्ष २५ को अनुप नेपाली सामान्य घाइते भएका हुन् भने मोटरसाइकल पछाडि सवार सोही ठाउँकी २० वर्षीय निरु नेपाली गम्भीर घाइते भएकी छन् ।

उनको रामपुर अस्पतालमा प्राथमिक उपचार गरी तानसेन रिफर गर्ने तयारी भईरहेको इलाका प्रहरी कार्यालय रामपुरका कुमार बहादुर थापाले जानकारी दिनुभयो ।

यस घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापितबागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पाेष्ट  

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology