बागलुङको ताराखोलामा भुस पोल्ने मेला (छ तस्बिर सहित)

बागलुङ : गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले विकास र समृद्धिलाई स्थानीय स्तरबाट अगाडी बढाईने बताएका छन् । ।

अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नम्बर २ अर्गलको १३ औं वार्षिकोत्सव तथा ऐतिहाँसिक भुष पोल्ने मेलालाई सम्वोधन गर्दै मन्त्री लम्सालले स्थानीय स्तरमा सम्भावनाको खोजी गरि उत्पादनलाई अब आर्थिक समृद्धिमा जोड्ने गण्डकी प्रदेशले गृहकार्य गरिरहेको बताए ।

ताराखोला आफैमा पर्यटकीय, कृषि, कला र संस्कृतिको धनी क्षेत्र रहेकोले यसको संरक्षण सम्वर्दन गर्दै युवाहरुलाई कृषि र पर्यटनमा आकर्षित गरि यहाँको विकासमा गण्डकी प्रदेश सरकार सँधै हातेमालो गर्न तयार रहेको मन्त्री लम्सालको भनाई छ ।

सो अवसरमा गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटा, बन्दिपुर गाउँपालिका तनहुँका अध्यक्ष पूर्ण सिंह थापा, धुर्कोट गाउँपालिका गुल्मीका अध्यक्ष भोपाल पोखरेल र अर्गल खेलकुद विकास मञ्चका संस्थापक अध्यक्ष सुर्य बहादुर घर्तीले बोलेका थिए ।

खेलकुद, कला, संस्कृति परम्परा हाम्रो शान, भुष पोल्ने पर्व ताराखोलाको पहिचान भन्ने मुल नाराका साथ कात्तिक २३ गते देखि शुभारम्भ भएको मेलामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, महिला रस्साकसी प्रतियोगिता, धनुष वाण प्रतियोगिता सञ्चालन भईरहेको अर्गल खेलकुद विकास मञ्चका सल्लाहकार तथा ताराखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भद्र बहादुर घर्तीले जानकारी दिए ।

जस अन्तर्गत कात्तिक २४ गते विहान सुर्योदयसँगै भुष पोल्ने, २५ गते सुर्योअस्तसँगै गाउँले सँग भुष पोल्ने र २६ गते सुर्योअस्तसँगै अविवाहित युवा युवतीहरु र अर्गल संस्कृति संरक्षण सम्वर्दन समितिका कलाकारबाट सांस्कृतिक नाँच गर्दै बारीमा विधिवत पुजा अर्जना, दमाह बाजा सहित छापो खन्ने काम गरिएको छ ।

बारीमा युवाहरुले विउ छर्ने मेलो बनाउने र युवतीहरुले खनेर बारी सम्माउँदै खनजोत गर्ने परम्परागत कार्य सम्पन्न भएको छ । मेलामा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु मेक्सम खाती क्षेत्री, रेशम निर्दोष, निरु श्रीस, तिर्सना घर्तीको बेजोड सांगितिक प्रस्तुति रहेको थियो ।

ऐतिहाँसिक भुष पोल्ने मेला अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नं २ अर्गलका अध्यक्ष लोक बहादुर क्षेत्रीको अध्यक्षता उपाध्यक्ष फुलमाया पुनको स्वागत मन्तव्य र सचिव सुर्य बहादुर घर्ती र सहसचिव चन्द्र बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । मेला भोली विधिवत रुपमा समापन हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलङ पाेष्ट डटकम

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology