बादलुको घुम्टो ओढेको धौलागिरी (फोटो फिचर)

बागलुङ : जब हरेक विहान बागलुङ बजारमा रहेको मेरो डेराबाट बाहिर निस्कन्छु आफ्नै अगाडि जस्तो देखिने धौलागिरी हिमाललाई देखेर मन प्रफुल्ल हुन्छ । सोच्दछु हामी बागलुङबासी कति भाग्यमानी, विहान उठ्ने बित्तीकै हिमाल देख्न पाउने ।

सायदै संसारमा नेपालीहरु बाहेक अन्य कसैलाई यस्तो अवसर मिल्दैन होला । बागलुङ बजारको सिधा अगाडि ठाडो शिर लगाएर गमक्क परेर बागलुङ बजारलाई नै नियालिरहे जस्तो देखिने धौलागिरी हिमाल कहिले बादलको घुम्टो भित्र मडारि रहेको हुन्छ त कहिले दन्तलहर झै मिलेको सेतो र खुल्ला भईदिन्छ ।

संसारको सातौं अग्लो हिमालको रुपमा रहको धौलागिरी हिमाल बागलुङका सबै जसो ठाउँबाट देख्न सकिन्छ । ८ हजार १ सय ६७ मिटर उचाई रहेको धौलागिरी हिमालले बागलुङ बजारलाई एउटा आमाले बच्चालाई काखमा राखेर माया गरे जस्तो गरी काखमै राखेजस्तो आभास मैले सधै गरिरहन्छु ।

विहान उठ्ने वित्तीकै बागलुङ बजारबाट देखिने धौलागिरी हिमालश्रङगारपट्टार गरेर निस्केकी बेहुलीभन्दाकम देखिदैन । मौसम सफाभएको समयमादिनभरीनै खुलीरहने भएतापनी धैरैजसो विहानीमाखुल्ने र दिनको समयमाबादलको घुम्टोभित्रलुक्ने धौलागिरी हिमालको सुन्दरतालाई शब्दमाबयान गरेर साध्ये छैन ।

सधैजसो हिमाल देखेपछि फोटो खिचीहाल्न मन लाग्ने मलाई आज पनि धौलागिरीको सुन्दरताले मोहित बनाई हाल्यो । अफिसीयल कार्यक्रमका क्रममा बागलुङ बजारमा रहेको होटल दि राजन मागएको समयमा मेरो क्यामेरामा कैद भएको धौलागिरी हिमाल अरु समयभन्दा केही भिन्न लागेज स्तो मलाई लागि हाल्यो हलुका बादलभित्र लुकेको धौलागिरीलाई फोटोमा उतार्दा यस्तो देखियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलङ पाेष्ट डटकम

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology