नेकपाको नेतृत्व छाडा साँडे जस्तो बन्यो–काँग्रेस नेता सिटौला

बागलुङ : नेपाली काँग्रेका नेता कृष्ण सिटौलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्व छाडा साँडे जस्तो भएको आरोप लगाएका छन् । उप–निर्वाचनको सन्दर्भमा बागलुङको पश्चिम निसीखोला गाउँपालिकाको राजकुटमा भएको काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सिटौलाले नेकपाको नेतृत्वले आफुलाई जे लाग्यो तेही गर्दै हिँडेको आरोप लगाएका हुन् ।

आगामी मंसिर १४ गते हुने उप–निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको सभामा बोल्दै नेता सिटौलाले नेकपाले आफ्नो कार्यकर्ताको मर्म नबुझी जथाभावी गर्दै हिँडेको बताए ।

उनले जनताको अधिकारलाई उपेक्षा गर्दै नेकपाको नेतृत्वको सरकार अगाडी बढेको हुँदा काँग्रेसले यसको भण्डाफोर गर्दै हिँडेने बताए ।

‘आफ्नै कार्यकर्ताको त नेतृत्वले मर्म बुझदैन,’ नेता सिटौलाले भने, ‘पार्टी भित्र उपयुक्त उम्मेदवार हुँदा हुँदै संघीयता विरोधीसँग साठघाँट गर्दै हिँडेको छ, जनताको मागलाई पार्टी भित्रका नेताले उठाउँदा उल्टै कारबाही गरेको छ यो त अति लज्जास्पद विषय हो ।’

सिटौलाले वाम गठबन्धनको नाममा राजमो र नेकपाको गठबन्धन काग र कोईलीको जस्तो भएको बताए । पूर्व गृहमन्त्री समेत रहेका उनले सरकारले अहिलेसम्म कुनै उपलब्धी मुलक काम गर्न नसकेको बताए ।

‘सरकार मन्त्रीहरु हेरफेर गर्ने तयारीमा छ रे’ सिटौलाले भने, ‘मन्त्रीहरु हेरफेर गरेर कुनै मन्त्रीले केही माखो नमारेको जिकिर गरे । उनले पश्चिम बागलुङको विकास र निकासका निम्ती काँग्रेस सधै अग्रसर रहेको हुँदा काँग्रेसका उम्मेदवार जित शेरचनलाई मत दिई जिताउन जनतालाई आग्रह गरेका थिए ।

काँग्रेसका पुर्व महामन्त्री समेत रहेका सिटौलाले कार्यकर्तालाई आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा जुटनका लागि आग्रह गरेका थिए । कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले संघियता विरोधीको र सरकारमा रहेकाको कुनै मुद्धा नमिल्ने हुँदा उनिहरुको उम्मेदवारलाई मत दिएर खेर जाने बताए ।

काँग्रेसका चुनावी अभियानका लागि केन्द्रीय सभापति शेरबहादुर देउवा, युवा नेता गगन थापा आउने कार्यक्रम रहेको काँग्रेस बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलङ पाेष्ट डटकम

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology