रामेछापमा बोलेरो दुर्घटना : दुईको मृत्यु, १२ घाइते

काठमाडौं : रामेछापको दोरम्बा गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दोलखा जिल्ला शैलुङ गाउँपालिका -८ कि १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिलकुमारी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवंम् प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिए ।

दोरम्बा गाउँपालिका ढाक्रेबासबाट दोलखाको भैंसे जाँदै गरेको बा १३ च ७०९५ नम्बरको बोलेरो जीप सोमबार साँझ पौने ६ बजे डडुवामा दुर्घटना भएको हो। यादवका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलङ पाेष्ट डटकम

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology