“अतृप्त सपनाले हामीलाई जितेको छ तर हामी हारिरहेका छौँ”

दुई दशकको अन्तरालमा सामाजिक संरचना भित्र आएको परिवर्तनलाई नजिकबाट नियाल्दै गर्दा हामिले हाम्रो हजरुवुवाको पुस्तादेखि अनुभुति गरेको गाउँकोे वास्तविकता र हामीले भोगेको वास्तविकतामा धेरै भिन्नता आईसकेको छ र भोलीको पुस्ताको लागि हाम्रो वास्तविकता कथा बन्ने छ । हामिलाई अझै पनि आफ्नो जन्मभूमीले आकर्षण गर्दैछ । केही समय यता म बेशी मात्रामा गाउँ जाने गर्दछु । गाउँ पुग्दै गर्दा वातावरणिय आनन्द त प्राप्त हुन्छ नै बजारिया जिबनको थकानबाट आफू उन्मुक्ति प्राप्त गरेको आभास पनि प्राप्त गर्दछु । गाउँ पुगि सकेपछि फेरी मन उद्वलित हुन थाल्छ सँगैका सघिहरु गाउँमा भेटिदैनन्, विगतका अनुभुतिहरु विराना वनिसकेका छन् । गाउँ बस्तीहरु खण्डहरमा परिणत भएका छन् । खेती योग्य जमिनहरु बाजै पल्टिका छन् ।

हरेक घरमा पुग्दै गर्दा बृद्ध बाबु आमाहरु बेसहारा जिवन व्यतित गरिरहेका छन् । विद्यालयहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । घरका ढोकाहरु लगाइएका छन् । समाजका शिक्षित वर्गको रुपमा गनिने शिक्षकहरु बसाई सराई गरेका छन् । सामुदायिक सद्भावमा गिरावट आएको छ । परम्परागत मुल्य, मान्यता र संस्कारहरु बिर्षिदै गइएका छन् ।

व्यक्तिको भुमिकाहरुमा परिवर्तन आएको छ । विज्ञान र प्रविधिको विकासले मानविय विश्वासलाई कमजोर बनाउदै लगिरहेको छ । असिमित आवश्यकताका सूचीहरु थपिदै गएका छन् । विगतको तुलनामा सहयोग, दया, मायाँ, करुणामा भिन्नता आएको छ । मानिसहरु मानसिक र शारिरिक तनाबका बिच बाचिरहेका छन् । एक्लोपन, डर, तरास, मनोमालिन्यता, व्यविचार, हिंसा, आत्महत्या जस्ता समस्याहरु विकराल बन्दै गईरहेका छन् । समाजको नैतिक धरातल कमजोर हुदै गएको छ । मानिसहरु केबल पैसाको खोजिमा दौडी रहेका छन् । क्षणिक आर्थिक सन्तुष्टिको प्रलोभनले मातृ वासल्यता बाट विमिख अबोध बालबालिकाहरुको आवाजले मलाई छुन्छ । किन आज मान्छेहरु पैसाको पछाडी मात्र दौडी रहेका छन ? आफ्नो अबोध बालबालिकालाई छाडेर विदेशीयका छन् । यस्ता क्रियाकलापले आफूलाई अवस्य सन्तुष्टि दिदैन होला यस्ले कलिलो बाल मनोविज्ञानलाई धुजा, धुजा पारेको छ । मन मनै प्रश्न गर्ने गर्छु संसार प्रतिको मेरो बुझाइनै दोश पूर्ण छ की, कतै म आवश्यकता भन्दा वढी भावनामा बगेकी, फेरी आफैमा उत्तर खोज्छु होइन, मानिसहरु मेशिन जस्तै बनेका छन्, सम्बन्धहरु कमजोर बन्दै गइरहेका आफू हुनुको अस्तित्वलाई भुलिरहेका छन् । आर्थिक सम्पन्नतालाई नै जिवनको अन्तिम गन्तब्य सँग जोडेका छन् ।

आज मानिसहरु भौतिक आवश्यकता पूर्ति गर्ने नाममा असिमित खुसीहरुलाई सस्तो मुल्यमा बेचिरहेका छन् । भोलिको सुन्दर भविष्यको कल्पना गर्दै वर्तमानलाई तिरस्कार गरिरहेका छन् । तमाम सम्भावनाका चाङहरुलाई पन्छाउदै विदेश जानु बाहेक अर्को सम्भावना नदेख्ने प्रवृति समाजमा हावि हुँदैछ यहाँ । मानिसहरु बास्तवितामा बाच्ने भन्दा पनि भ्रममा बाच्न तयार छन् । आफ्नो मौलिक पहिचान र सभ्यताबाट विमुख आर्थिक सम्पन्नताले क्षणिक आनन्द त प्राप्त होला तर समाजको जग कमजोर हुनेछ । अर्को तर्फ क्याम्पसका कक्षाकोठाहरुमा उच्च शिक्षा लिन आउनेहरुमा केबल सिमित छात्राहरुको संख्या मात्र देखिन्छ भने बजारमा संचालित भाषा कक्षाका इन्स्टिच्युटहरुमा खचाखच विद्यार्थीहरुको भिड देखिन्छ । औपचारिक शिक्षा प्रतिको अविश्वास र भाषा शिक्षा प्रतिको विश्वासले विद्यार्थीहरुको मन जितेको छ । हरेकको बोलीमा यहाँ केही हुदैन भन्ने तथ्य जस्तै बनि सकेको छ । हामी यही ठाउँमा केही गर्नु पर्छ भन्दै गर्दा विदेशको अतृप्त सपनाले हामिलाई जितेको छ तर हामी हारिरहेका छौँ । हामी हाम्रा विश्वविद्यालयहरुले दिने शिक्षालाई बेकार सम्झीरहेका छौँ र इन्स्टिच्युटहरुमा दिइने शिक्षालाई सार्थक मानि रहेकाछौँ । ज्ञानलाई केबल कौडी सँग तुलना गर्ने प्रवृत्ति हावि हुदैँछ । हजारौ खुशी तिलान्जली दिदै एउटा खुशीका लागि हामि विदेशिन तयार छौँ । केही पढेलेखेका र यही केही गरौँ भन्ने मानिसहरु विदेश जानेहरुको भिडमा आफूलाई कमजोर सोच्न थालेका छन् । शिक्षा प्रतिको वितृष्णाले सृजना गर्ने भोलीको संसार कस्तो होला यस्तै प्रश्नहरुबाट म अनुत्तरित भएको छु ।

समाजलाई हामिले हेर्यौ भने आर्थिक निर्धारणबादको चपेटामा छ किनकी मानविय सम्बन्धहरुलाई आर्थिक पक्षले निर्धारण गर्न थाल्यो मानविय मूल्यको अवमूल्यन हुन थाल्यो । समाजमा रहेका सामाजिक संस्थाहरु भित्रको सम्बन्धलाई आर्थिक लेनदेनको आधारमा मूल्यांकन गर्न थालियो चाहे विहेवारी जस्ता संस्था वा मृत्यु पश्चात गरिने कर्मकाण्डमा नै किन नहोस् सजिलै सँग नजर अन्दाज गर्न सकिन्छ । मानिसलाई मुल्यांकन गर्ने आधार उ भित्र रहेको क्षमता, दक्षता, योग्यता भन्दा पनि उसँग भएको आर्थिक पाटोलाई बढी बढावा ढिने सामाजिक सभ्यता वा संस्कारको विकास हुनु नै समाजको लागि हानिकारक सावित हुन पुगेको छ । समाजमा धनि गरीब बिचको दायरा झन झन फराकिलो बन्दै गइरहेको छ । यी र यस्तै समस्याहरुबाट गाउँहरु आज मलिन बनिरहेका छन् ।

राज्यले यावत समस्याहरुबाट माथी उठ्ने साहस गरेन भने हाम्रो मौलिक सभ्यता समाप्त हुनेछ र आयातित सभ्यताले हामि माथी राज गर्नेछ । अबको चिन्ताको बिषय कसरी युवालाई आफ्नो शिक्षा प्रति विश्वास जगाउने भन्ने हुनुपर्दछ । स्थानिय उत्पादनहरुलाई प्राथमिकता दिदै स्वरोजगारका अवसरहरु सृजना गर्ने तर्फ ध्यान केन्द्रित हुनु जरुरी छ । माथी उल्लेखित विसंगती पूर्ण अवस्था बाट समाजलाई माथी उठाउनको लागि राज्यको संरचनागत व्यवस्थामा परिवर्तन हुनु जरुरी छ । संरचनागत परिवर्तनको लागि सफल लोक कल्याणकारी राज्यमा विकास भएको सामाजिक, आर्थिक र राजनैतिक व्यवस्थाले सबैलाई समान दृष्टिकोणबाट हेर्न सक्ने अबस्था होस् । राज्यले जनताको दैनिक जनजिविका सँग सम्बन्धित योजनाहरुलाई प्राथमितामा राखोस् । जनताले त्यो देशको नागरिक भएकोमा आत्म गौरब महसुस गरुन । विधिको शासनको प्रत्याभुती होस् । सम्पन्ता र विपन्नताको आधारमा कोही तड्पीनु नपरोस् ।

योग्यता, क्षमता र दक्षता अनुसार रोजगारीका अवसरहरु उपलब्ध हुन् । राज्यले नागरिकको संरक्षकको रुपमा जिम्मेबारी बहन गरोस् । समय अनुसार राज्यको चरित्र गतिशिल होस । कसैको पनि व्यवस्थाका कारण आत्मसम्मानमा चोट नपुगोस् भन्ने राज्यको मूल मन्त्र होस् । परिणात्मक परिवर्तनलाई मात्र होइन की गुणात्मक परिवर्तनलाई आत्मसाथ गरियोस् यसले सबैको सम्मानमा मद्दत गरोस् ।

समाजको आधार संरचनाको रुपमा रहेको उत्पादन व्यस्थामा तल्लो वर्गको व्यक्तिले पनि अपनत्व महसुश गर्ने परिपाटीको विकास होस् ।सामाजिक क्रियालापहरुमा धनि वा गरिबको प्रतिविम्ब झल्कने गरी गर्ने क्रियाकलापहरु निरुत्साहित हुन । सामाजिक असमानताका खाडलहरु पुरीदै जाउन । समानुपातिक समावेशी चरित्रलाई राज्यले आत्मसाथ गरोस् । नागरिकहरु बिच दुरी बढाउने भन्दापनि मेलमिलापमा जोड दिइयोस् । दलित, जनजाती, मधेसी, महिला, अल्पसंख्यक, पिछडीएको वर्ग आदि सबैले हाम्रो संरक्षककोरुपमा राज्य छ भन्ने आभास होस् । नयाँ पुस्तालाई नैतिकता र व्यवहारिकतामा आधारित युगानुुकुल शिक्षा प्रदान गरियोस् । हिंसा जन्य संस्कृतिहरुले प्रसय नपाउन । लोकतन्त्र र मानवअधिकारको पूर्ण प्रत्याभुति राज्यले प्रदान गरेको छ भन्ने नागरीकलाई आभास होस् । आधारभुत आवश्यकताहरु सहजरुपमा नागरिकले उपभोग गर्न पाउन भन्ने राज्यको पहिलो सर्त हुनुपर्दछ । न्यूनतम सर्तहरुलाई पुरा गर्नकोलागि नागरिकले राज्यलाई पुर्याउनु पर्ने योगदानको बारेमा राज्यले प्रष्ट पार्नु पर्दछ । राज्ले आफ्ना नागरिकहरुलाई देश भित्र नै स्थापित गर्नकोलागि हरेक क्षेत्रमा लगानि मैत्री वातावरणको सृजना गर्दै स्वरोजगारका अवसरहरुमा बृद्धि गर्नु पर्दछ । हरेक नागरिकलाई उसले गरेको योगदानको आधारमा सामाजिक सुरक्षाको प्रत्याभुती गर्ने कार्य राज्यको जिम्मेबारी भित्र पर्नुपर्दछ ।

अन्त्यमा जनताको स्वतन्त्रतामा अभिबृद्धि गर्दै उनीहरुले प्राप्त गर्ने सेवा र सुविधामा प्रसस्त मात्रामा छनौटको अवसरको सृजना गर्नु राज्यको दायित्व भित्र पर्न आउछ । आजको २१औँ शताब्दिको दुनियामा आधारभुत आवश्यकताको दायरा फराकिलो बन्दै गइरहेको छ । मानवले खान र बस्न मात्र पाएर उसको आवश्यकता पुरा भएको सोच्दैन दैनिक विश्वसँग प्रतिस्पर्धा गर्न खोजिरहेको छ । भरपुर मात्रामा स्वतन्त्रताको उपभोग गर्ने मानविय संस्कृतिको विकास भएको छ । दिन प्रतिदिन मानविय आवश्यकताहरु थपिदै गएका छन्, विश्व एउटै सामाजिक सन्जालमा जोडीएको छ, हरेक कुराको प्रसारको गती  तीव्र बनेको छ, चाहेर वा नचाहेर पनि प्रविधि सँग जोडिनु बाध्यता जस्तो बनिसकेको छ, त्यसैले राज्य संचालन प्रक्रियामा पनि गतिशिलताको आवश्यकता छ, जसले नागरिकले अपेक्षा गरे भन्दा पनि द्रुत गतिमा आफ्ना सेवा र सुविधाहरु प्रवाह गर्नु पर्ने बाध्यता बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोष्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोष्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलङ पाेष्ट डटकम

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology