आर्थिक अभावले रामजानकी मन्दिर को निर्माण कार्य रोकियो

पोखरा न्यू: रामपुर नगरपालिकामा निर्माणधिन रामजानकी मन्दिरको कार्य बीचमै रोकिएको छ । प्रसिद्ध धार्मिक नगरी जनकपुरको झल्को दिन ठूलो लगानीमा बनाउन थालिएको मन्दिरको निर्माण कार्य गत असोजदेखि रोकिएको छ ।

निर्माण गर्दै जाँदा आर्थिक समस्या परेपछि केही समयका लागि काम रोकेर आर्थिक स्रोत जुटाउन समिति लागेको रामजानकी मन्दिर विकास परिषद् रामपुरका अध्यक्ष फणेश्वर गौतमले बताए । “रकम धेरै लाग्ने सानासाना बजेटले काम गर्न नसकिने, विभिन्न क्षेत्रबाट रकम निकासा गरेर छिट्टै नै निर्माण कार्य सञ्चालन गर्नेछौँ”, अध्यक्ष गौतमले भने ।

यस आर्थिक वर्षमा नगरपालिकाले निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरे पनि मन्दिरको छानो छाउने कामका लागि त्यो रकम पर्याप्त नभएकाले अन्य स्रोत खोजेर छानो छाउने र त्यसको लागि रकम व्यवस्थापन कार्यमा लागेको उनले बताए । विसं २०७२ को कात्तिकबाट अनुमानित करिब १० करोडको लागतमा पाल्पाको ऐतिहासिक पक्षलाई मध्यनजर गर्दै छत्रशैली र गुम्बाशैली आकारमा जनकपुरको झझल्को दिने गरी निर्माण कार्य शुरु भएको हो ।

४ तलाको मन्दिर, सत्तल, २ वटा भवनसहितको सुविधा सम्पन्न मन्दिर निर्माण गर्ने योजनाका साथ काम थालनी गरिएको हो । हाल ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । रामपुर क्षेत्रलाई धार्मिक नगरिका रुपमा विकास गरी जनकपुरधामको झल्को दिलाउन ठूलो लगानीमा मन्दिर निर्माण हुदैछ । पौराणिक समयमा भगवान रामचन्द्र बनवास जाने क्रममा मुक्तिनाथबाट घुम्दै आउँदा रामपुरमा आएर बसोबास गरेको इतिहास छ । यहाँ रामचन्द्रले बसोबास गरेको हुँदा यस क्षेत्रको नाम रामपुर रहन गएको बूढापाका बताउँछन् ।

रामचन्द्रले रामपुर नगरपालिका – ५ को बेझाड बजार नजिकै भात पकाइ खाएको रामचुलो राममन्दिर परिसरमा धार्मिक तथा ऐतिहासिक महत्वलाई बचाइ राख्न रामपुरवासीले रामजानकी मन्दिर निर्माण गर्न कस्सिएका हुन् । ऐतिहासिक महत्वसँग जोडिएको यस रामचुलोको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले यहाँका स्थानीयवासी र सरोकारवाला निकायको सहयोगमा यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि मन्दिर निर्माण शुरु भएको हो ।

रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्वलाई जोगाइ राख्न यहाँका स्थानीयवासीको पहलमा २०७१ माघमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । सो महायज्ञबाट रु २ करोड ४२ हजार नगद तथा जिन्सी रकम सङ्कलन गरी मन्दिर निर्माण कार्य थालनी गरिएको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिए ।

मन्दिर निर्माणका लागि अहिलेसम्म रामपुर नगरपालिकाबाट रु ११ लाख, साविक जिल्ला विकास समिति पाल्पाबाट रु २ लाख, स्थानीय विकास मन्त्रालयबाट रु पाँच लाख र प्रदेश सरकारबाट रु १० लाख सहयोग रकम प्राप्त भएको छ । हालसम्म मन्दिर निर्माण कार्यमा रु १ करोड ५० लाख बढी रकम खर्च भइसकेको छ । मन्दिरको कोषमा प्राप्त बजेट नहुदा निर्माण कार्यलाई दु्रत गतिमा अगाडि बढाउन सकिएको छैन । योजना ठूलो रकम सानो हुँदा निर्माण कार्यमा ढिलाइ हुन पुगेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

फोन: ९८६७३७७४१९, ९८०५१७५७९३, ९८६७९७०४३५

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology