चिसो मौसममा खुलेको कन्याम(हेरौं १० तस्वीर)

कन्याम : ‘ग्रीन कार्पेट’ अर्थात डाँडाभरी सुन्दर चियावारी, सुसाइरहेका सल्लाहरु, नागबेली सडक, स्वच्छ हावापानी र रमाइला गाउँलेहरु कन्यामको पहिचान हो ।

त्यतिमात्र होइन हनिमुन मनाउन र प्रेम जोडीहरु चियाबारीमा हराउन कन्याम नै पुग्छन् । प्रकृतिप्रेमीहरु सुस्केरा हाल्न हरिया डाँडातिर उक्लिन्छन् । कवि, गीत र गजलकारहरु कन्यामका डाँडामा बसेर सिर्जना गर्न रुचाउँछन् ।

वास्तवमा इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम साँच्चै मन लोभ्याउने गन्तब्य हो । झापाको चारआलीबाट करिब ३५ किलोमिटर र इलाम सदरमुकामबाट करिब ४५ किलोमिटर पूर्वमा पर्ने कन्याम चिया बगानले धेरैको मन तानेको छ ।

बर्खामा हुस्सु र कुहिरो तथा हिउँदमा आँखाले भ्याएसम्म देखिने चियाबारीले पर्यटकलाई भुल्याउने गर्छ । सूर्योदय दृश्यावलोकनका लागि मिर्मिरे र देउराली डाँडा कन्यामका आकर्षक हुन् ।

जातीय पहिरन लगाएर चियाबारीमा तस्वीर खिच्न र घोडचढीमा रमाउन मानिसहरु कन्याम पुग्ने गर्छन । प्रेमील जोडीदेखि, चिया पारखी र प्रकृतिप्रेमीहरु कन्याम पुग्दा स्वर्गीय आनन्दको अनुभुति गर्छन ।

यही सुरम्य गन्तब्यले पिकनिकका लागि पनि प्रख्यात छ । कातिक–मंसिर र फागुन, चैत–बैशाख पिकनिकेहरुको ओइँरो लाग्छ ।

यतिबेला सेताम्मे टल्किएको कन्चनजंगा हिमाल र नेपाल भारतका फाँटहरु अवलोकन गर्न पर्यटकहरु कन्यामको चियाबगानमा उभिरहेका भेटिन्छन् । चिसो मौसममा आकाश सफचट खुलेर चियाबगान पनि मनमोहक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology