ढोरपाटनका विपन्न परिवार तथा ज्येष्ठ नागरिक न्यानो कपडा

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का विपन्न परिवार तथा ज्येष्ठ नागरिकहरुलाई न्यानो सल वितरण गरिएको छ ।

गत वर्ष यु.के. स्थित स्वान्सी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र प्रोफेसरहरु ढोरपाटनमा अध्ययन भ्रमणका आएको बेला यस क्षेत्रमा बसोबास गर्ने विशेषगरी ढोरपाटन उपत्यका र बोबाङमा घुम्ती बसाइँसराइ गर्ने मानिसहरूको जीवनशैलीको प्रत्यक्ष अवलोकन गरेर यहाँका अपांग, अनाथ, ज्येष्ठ नागरिक र विपन्न परिवारलाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरेको हो ।

पुस महिनाको सुरुवातसँगै ढोरपाटन क्षेत्रमा चिसो बढ्दै गएको छ । बर्षासँग भएको हिमपातले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बच्नका लागि ढोरपाटन नगरपालिकाको बोबाङका जेष्ठ नागरिक तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।

वडा अध्यक्ष नन्दे सुनारको रोहवरमा वडामा रहेका जेष्ठ नागरिक र विपन्न परिवार गरि २० जनालाई न्यानो सल वितरण गरिएको आयोजक संस्था नयाँ पुस्ता नेपालको कोषाध्यक्ष सम्झना विश्वकर्माले जानकारी दिए ।

कार्यक्रम नयाँ पुस्ता नेपालका अध्यक्ष कुशल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको स्थानीय जनाइएको छ । यसैबिच विश्वकर्मा हेल्पिङ्ग हेण्ड अराउण्ड द वल्ड कुवेतले पनि सो स्थानका विपन्न विद्यार्थी, शारिरीक रुपमा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई शैक्षिक सामग्री तथा न्यानो कम्बल वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology