गायक बसन्त थापाको लोकदोहोरी गीत ’सयको गुन तिरौला हजारै’ले सार्वजनिक

काठमाडौं : सर्जक तथा गायक बसन्त थापाको लोकदोहोरी गीत ’सयको गुन तिरौला हजारै’ले बजारमा सार्वजनिक भएको छ ।

केहि दिनअघि मात्र गीतको टिजर सार्वजनिक गरेका थापाले शुक्रबार गीतको पूरा भिडियो सार्वजनिक गरेका हुन् । गीतमा बसन्त थापा र बिष्णु माझीको आवाज रहेको छ ।प्रल्हाद सुवेदीको शब्दमा बसन्त थापाले नै लय भरेका हुन् भने गीतको संगीत संयोजन आशिष अविरलले गरेका हुन् ।

पछिल्लो समयमा व्यापक चर्चा कमाउन सफल मोडल सुनिल क्षेत्री र मरिस्का पोख्रेलको अभिनय छ । भिडियोको निर्देशन सुनिल क्षेत्रीले नै गरेका हुन् भने भिडियोको कोरियोग्राफी दिपक एम सिंहले गरेका छन् ।

भिडियोको कथा बसन्त थापाले नै गरेका हुन् भने भिडियोको छायांकन नबराज उप्रेतीले गरेका छन् । अभ्यास डिजिटल मार्फत सार्वजनिक गरिको भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एण्ड फिल्म्सले गरेको हो ।

भिडियोको छायांकन कालिन्चोक आशपासमा गरिएको हो भने भिडियोको सम्पादन अमृत चापागाईंको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology