सिवाईसी र दिदीबहिनी साकोस बिच एकीकरणका लागि सहमति

बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ र गलकोट नगरपालिका वडा नम्बर ३ स्थित दिदीबहीनी बचत तथा ऋण सहकारी संस्था बागलुङ बिच एक आपसमा एकीकरणका लागि सैदान्तिक सहमति भएको छ ।

दिदीबहीनी साकोसले शनिबार गलकोटको हटियामा आयोजना गरेको सहकारी शिक्षा शिविर तालिमका अवसरमा दुई संस्था बिच एकिकरणका लागि सहमति भएको हो ।

दिदिबहिनी साकोसका सम्मपूर्ण शेयर सदस्य र सिवाईसीको केन्द्रीय समिति र सदस्य सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उप–समिति हटियाका प्रतिनिधिहरु उपस्थित रहेको कार्यक्रमबाट उक्त सहमति भएको हो ।

कार्यक्रमलाई नेफ्स्कूनका सञ्चालक एवं सिवाईसी साकोसका केन्द्रीय अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै पौडेलले दिदीबहीनी साकोस सिवाईसीसंग एकीकरण हुँदा गाभिने नभएर एक आपासमा मिली संयुक्त कारोवार गर्ने भएको बताए । एकीकरण हुँदा पनी दिदीवहीनी साकोसका शेयर सदस्यहरुको हैसियत पनी सिवाईसी साकोसका शेयर सदस्य सरह हुने हुँदा कुनै विभेद नहुने पौडेलले बताए ।

दिदीबहिनीको सञ्चालक समितिले सिवाईसीसंग एकीकरण हुने यसपूर्वनै सहमति गरी गण्डकी प्रदेशबाट पनि एकीकरणको पूर्व स्वीकृती आएको बताउदै उनले सदस्यहरुको सैदान्तिक सहमति लिनका लागि आजको यो कार्यक्रम आयोजना गरिएको बताए ।

सदस्यहरुको चाहाना र आवश्यकतामा आधारीत रहेर मात्र सिवाईसी साकोसले आफ्ना कार्यहरु सञ्चालन गर्ने पौडेलको भनाई थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, सिवाईसी साकोस सदस्य सेवाकेन्द्र हटियाका संयोजक रामवहादुर खत्री, सचिव खिम साहानी, दिदीबहीनी साकोेसका सचिव शेरकुमारी मल्ल , सल्लाहाकार सन्तवहादुर खत्री लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही क्रममा सिवाईसी साकोसका हटिया सेवाकेन्द्रका प्रमुख रिमा घर्ती र दिदीबहीनी साकोसका प्रमुख सुनीता बोहोरा क्षेत्रीले आ आफ्नो संस्थाको हालसम्मको वित्तीय विवरण प्रस्तुत पारेका भने संयोजक खत्रीले सिवाईसीले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेफ्स्कूनको सञ्चालक पदमा निर्वाचित भएकोमा प्रमुख अतिथी पौडेललाई दोसल्ला र मालाद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रम दिदीबहीनी साकोसका अध्यक्ष कमला दर्जिको अध्यक्षता, सिवाईसी साकोस सदस्य सेवाकेन्द्र हटियाका संयोजक खत्रीको स्वागत र दीदीवहीनी साकोसका मिना चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology