राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा शाही सम्मानित

पाेखरा : राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित भएकी छिन ।

पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उनलाई रु १ लाख , प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

नेपालमा गत मङ्सिरमा सम्पन्न सागमा शाहीकै कप्तानीमा नेपाली राष्ट्रिय महिला टोलीले हालसम्मकै ठूलो सफलता रजत पदक जितेको थियो । विद्यालयले हरेक वर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली युवालाई सम्मान गर्दै आएको छ ।

विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभा वर्ष पुरस्कारबाट वार्षिक रुपमा १ जनालाई रु १ लाखसहित पुरस्कृत गर्दै आएको छ ।

विद्यालयले ‘प्रतिभा वर्ष पुरस्कार २०७४’बाट क्रिकेटर सन्दीप लामिछाने र गत वर्ष ‘प्रतिभा वर्ष पुरस्कार २०७५’बाट एचआइभी सङ्क्रमित भएर पनि सगरमाथाको सफल आरोहण गर्नुभएका गोपाल श्रेष्ठलाई सम्मान गरेको विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालयकी पूर्वछात्रा सुमिना गुरुङलाई रु ५० हजारसहित सम्मान गरिएको कार्यक्रम संयोजक किरण सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology