क्रसर उद्योग अनुगमन गर्न समिति गठन

काठमाडौ : गृह मन्त्रालयमा सोमबार बसेको बैठकले देशभर संचालनमा रहेका करिब ६ हजार क्रसर उद्योगहरूको अनुगनम र अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा गृह, वन, उद्योग, भौतिक तथा संघीय मामिला मन्त्रालयका सहसचिव रहने गरी समिति गठन भएको हो ।

समितिले क्रसर उद्योग दर्ता, मापदण्ड, पर्यवरण र प्रकृति दोहनबारे अनुगमन र अध्ययन गर्ने छ । उद्योग संचालनका लागि खानी तथा भूगर्व विभागबाट पूर्व अनुमति लिनु पर्छ तर ६ हजार क्रसर उद्योगमध्ये सयभन्दा कमले मात्र अनुमति लिएर संचालन गरेको छ ।

गृह मन्त्रालयका सचिव प्रेम कुमार राईका अनुसार जथाभावी क्रसर संचालन हुँदा प्रकृति दोहनका कारण ठूलो जनधनको क्षति हुन थालेपछि गृहले सम्बन्धित मन्त्रालयलाई बोलाएर छलफल गरेको हो । सो छलफलमा क्रसर तथा खानी उद्योग संचालनसम्बन्धि ’राष्ट्रिय मापदण्ड’ पारित गराउनका लागि सरकारलाई आग्रह गर्ने समेत निर्णय गरेको छ ।

स्थानीय निकायले क्रसर तथा खानी संचालनका लागि जथाभावी इजाजत दिएकाले प्रकृति दोहन बढेपछि मापदण्ड पारित गराउने तयारी गरेको हो । यो मापदण्ड पारित भए अवैध क्रसर तथा खानी उद्योगमाथि कारबाही गर्न बाटो खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology