नेपाली कांग्रेस बागलुङ गाउँ–गाउँमा संगठन विस्तार गर्दै

बागलुङ : नेपाली कांग्रेस बागलुङले जिल्लाका सबै स्थानीय तहमा संचालन गरेको संगठन विस्तार तथा सुदृढिकरण अभियानलाई तिव्रता दिएको छ ।

अभियान अन्र्तगत बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ भिमपोखरा र वठा नम्वर ३ धम्जामा कार्यकता बिच अन्तरक्रिया संगठन विस्तार र सुदृढिकरणका विषयमा छलफल गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य तथा कलस्टर संयोजक होम बहादुर हमालले लोकतन्त्रको रक्षाको लागि काँग्रेसलाई बलियो बनाउनुपर्ने बताए । तल्लो तहको संगठन बलियो भए मात्र पार्टीलाई मजबुत बनाउन सकिने उनको भनाई छ ।

भेलामा नेपाली काँग्रेसका क्षेत्रीय सभापती चिरञ्जीवी गौतम, भूपू सैनिक संघका अध्यक्ष क्याप्टेन हरीबहादुर भण्डारी, नेवि संघका जिल्ला अध्यक्ष तथा काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका वडा अध्यक्ष खडक थापा लगाएतले बोलेका थिए ।

भिमपोखरामा नेपाली काँग्रेसका वडा सभापती सम्मर वबहादुर थापाको अध्यक्षता तोरणध्वज मल्लको स्वागत र दिपक खातीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै धम्जामा पार्टी सभापती महेन्द्र बहादुर खड्काको अध्यक्षता नगेन्द्र बहादुर भण्डारीको स्वागत र टेकबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

यसै बिच नेपाली काँग्रेसले काठेखोला गाउँपालिका ३ धम्जाका मृगौला पीडित विपिन आलेको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

नेपाली काग्रेसका तर्फबाट धम्जामा वडा सदस्यका उमेदरवार गौमती आलेका छोरा विपिन आलेको उपचारको लागि १ लाख १३ हजार १ सय १० सहयोग हस्तान्त्रण गरिएको हो ।

दुवै मृगौला फेल भएपछि सुमेरु अस्पताल काण्डमाण्डौमा डायलायसिग गरिरहेका आलेको उपचारमा सहयोग गर्न काग्रेसले संचालन गरेको सहयोग अभियानबाट प्रप्त भएको रकम हस्तान्त्रण गरिएको जनाईएको छ । सहयोग हस्तान्त्रण कार्यक्रमको संचालन टेकबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology