स्रोत नखुलेको साढे ५ लाखसहित एक जना भारतीय पक्राउ

काठमाडौं : वीरगञ्जको रजतजयन्ती चोकबाट प्रहरीले स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तो रहेका छन् ।

बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका-१६ स्थित रजतजयन्त्री चोकबाट उक्त रकमसहित उनी आइतबार पक्राउ परेका हुन् ।

अवैध वित्तिय कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनलाई पक्रन सफल भएको र उनीमाथि थप अनुसन्धान अघि बढाएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology