बाँसुरीको धुन आउँछ सिंहदरबारमा… (गजल)

मन्त्रीहरु नै मुछिदा बालुवाटारमा अचम्म लाग्छ
ठूलो माछा गोगिए रे सरकारमा अचम्म लाग्छ

चोरले त चोरेको सामान, फिर्ता गरेर जोगिएछन्
के फिर्ता गर्छन खै बलात्कारमा अचम्म लाग्छ

भष्ट्रचार ज्यनमारामा,आफ्नो नेता समातिदा
धार्ना दिन पुग्छन् अख्तियारमा अचम्म लाग्छ

कालापानि र लिपुलेख, हाम्रो भन्दै कराउनेलाई
समाएर कोचिदिन्छन कारागारमा अचम्म लाग्छ

चीनले कोराना उपचार गर्न, अस्पताल बनाइसक्दा
नेपालले महिनौ लगाउँछ उद्धारमा अचम्म लाग्छ

शान्ति र सम्मृद्धिको धुन सुन्न,हतार भएको बेला
बाँसुरीको धुन आउछ सिंहदरबारमा अचम्म लाग्छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology