मेरो बनावट (कविता)

हिमाल पहाड तराई, मेरै शरिरको अंश
नेपाल भनेरै चिनाउनलाई, धानिरहेछु वंश
वर्ग मेरो विकासशिल, धर्म मानवता
जाती मेरो नेपाली त, विशेषता सौन्दर्यता
ईतिहास बोकेको मेरो अङ्ग,
कालापानी मेरो मुटुको टुत्रा, मधेस स्रोत धनको
कुन आमाको मन रुन्न होला, टुत्रा खोसिदा मनको
सगरमाथा लुम्बिनी त सधै, मेरो छातिमा रहिरहन्छ
अर्को देशले झन्डा गाड्दा, खिन्न भैरहन्छ
त्यसैले छोरा,
आफ्नी आमाको इज्जतलाई, अरुले दावी गर्न नदेउ
आफ्नी आमाको उच्च सिरलाई, कहिल्यै निहुरी पर्न नदेउ
हिमाल मेरो उच्च शिर त, तराइ मेरो छाती
बैरीको आँखा लाग्न नदेउ, मेरो शरीर माथी
अचम्म त यसमा छ कि,
चिसो दिन्छ हिमालले, तराईमा गर्मी बढ्दा,
तराई काखमा लिन पुग्छ, पहाड तल झर्दा।
म सानी भएपनी, छोरा दिए गोर्खे,
यिनै छोराको डरले अङ्ग्रेज,आफ्नै देश फर्के।
गर्व लाग्छ,
द्ध छोरी घट छोरा,हुर्काए बढाए एहि
मेरो अस्तित्व गुम्न दिन्नन, भैहाले नि केही।
छिमेकिको घरमा जान्छन, मलाई नै सोधी,
समय समयमा खबर बुझ्न,आउछन खोजी खोजी।
प्रकृतिले अङ्गालेछ
मेचिकाली चौडा भाग त, उत्तर दक्षिण लम्बा
गोर्खे छोरा बसिरहेछन,बनी मेरो खम्बा।
अनगिन्ती गुण भएको, क्या छ हावा पानी।
साच्चै लाग्छ स्वर्गसमान, मेरो मातृभुमी ।
लाग्छन धेरैका गिद्दे नजर, सुन्दरी परियसी
त्यसैले त अन्तिममा भन्छु
जननी जन्म भुमिश्च्व स्वर्ग दपि गरियसी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology