मेरो जैमिनी (कविता)

मेरो जैमिनी
हाँडीकोटको काख माथी, मस्किदै सुतिरहेछ
ज्यामिरघाटको सिरमा खुशी हुँदै, टेकि रहेछ
सानो नेपालको कल्पना गर्ने अचम्मको इतिहास लेखिरहेछ
क्या मिलिरहेछ हावापानी
साच्चिकै स्वर्ग समान मेरो जैमिनी
माइको स्थानले पर्यटकलाइ बोलाइ रहेछ
देख्छ थरिथरी मानिसहरु,त्यसैले ऊ टोलाइरहेछ
फरक फरक थरिका फलफुलहरु फलाइरहेछ
क्या मिलिरहेछ हावापानी
सच्चिकै स्वर्ग समान मेरो जैमिनी
देखिन्छन डाडाकाडाँ हरियाली बसन्तलाई लिएर
बाच्छन जैमिनिबासी हरु ठेउलेखोलाको पानी पिएर
देखाउछन यहाका मानिसहरु मञ्च मा आ–आफ्ना संस्कृति लिएर
क्या मिलिरहेछ हावापानी
सच्चिकै स्वर्ग समान मेरो जैमिनीगाँजाको दह,हुर्केको डाडो हिउदमा हुन्छन मुस्ताङ समान
आउछन पर्यटक करिडोर हुँदै बेलबगर पुग्छन मुक्तिनाथ समान
सुम्सा फाट,न्वार फाट देखिन्छन साउनमा मधेस समान
क्या मिलिरहेछ हावापानी
साच्चिकै स्वर्ग समान मेरो जैमिनि
पर्छन दश वार्ड यहाँ सबैको दृश्य लोभ्याउने छ
सितलताको खानिनै भनेर बुझ्नुपर्छ सबैको दुख ओभ्याउने छ
थकित महसुस भएको बेला पुग्नुपर्छ यहाँ ठेउलेखोलाले चोभ्याउने छ
क्या मिलिरहेछ हावापानी
सच्चिकै स्वर्ग समान मेरो जैमिनी
मृग,खरायो चितुवा अनि कालिज पनि यहीँ अटाउने
आ(आफ्नो आहार खाइ गर्छन यिनिहरु मोटाउने
गलत संस्कार अनि रितिरिवाज लाई दबाब दिन्छ यहाबाट हटाउन
क्या मिलिरहेछ हावापानी
साच्चिकै स्वर्ग समान मेरो जैमिनी
साच्चिकै स्वर्ग समान मेरो जैमिनी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology