प्रधानमन्त्री ज्यू, जन्मदिनको केक गुलियो थियो ?(कविता)

प्रधानमन्त्री ज्यू
तिम्रो जन्मदिनमा
नेपलको नक्सा बनाएर
काटेको केक गुलियो थियो ?
त्यो केक पक्कै नुनिलो हुनुपर्छ
देशको स्वभिमान बचाउन
बलिचढाएको शहिदको सपना
चिरा पारेर उत्सव मनाउदा
तिमीले सम्झेउ की सम्झेनौं ?
देशमा शान्तिको बिउ उमार्न
अफ्नै रगतले माटो भिजाएका
ति बहादुर सहिदको योग्दान
देशको धमनी र सिराहरुमा
सहिदको रगत बगिरहेको छ
सहिदको रगतले भिजेको केक
पक्कै पनि नुनिलो हुनुपर्छ

प्रधानमन्त्री ज्यू
तिमीले काटेको केक खादै गर्दा
तिम्रा उत्सवको लागि पैसा पठाउने
परदेशी दाजुभाईको पसिनाको
अमिलो गन्ध आयो कि आएन ?
आफ्नो ज्यानको बाजी थाप्दै
बुढी आमा आगनमा छोडेर
बाध्यताले परदेसिएका दाजुभाइको
थोपा थोपा पसिनाले बनाएको केक
पक्कै पनि नुनिलो हुनुपर्छ

तिमीले यो किन सम्झेनौ ??
तिमीलाई सत्तामा पुर्याउन
जनयुद्ध लडेका योदाहरु
जङ्गलमा मारिएका सपुतहरु
बेपत्ता परिएका युवा हरु
अनि
संकट कालमा नाङ्गिएका चेलीले
आफ्नो रगत आँसु र पसिना बगाएर
लाखौंको उत्सव मनाउन पठाएका हुन ?
हजारौं युवाको सपनासगैँ रेटेको केक
पक्कै पनि नुनिलो हुनु पर्छ

तिमीलाई थाहा छैन होला
आकाशमा केक बोकेर जहाज उड्दा
कर्णालीका सुत्केरी उद्धार नपाएर मरेको
रुकुम रोल्पामा सितामल नपाउदाँ
बुढीआमाहरु रोगसगँ लड्न बाध्य परेको
छिमेकीले सिमा मिचेको पत्तो छैन
कौदीको भरमा देश बेचेको पत्तो छैन
कहिले भ्रष्टाचारि जोगाएर भोज खान्छौ
कहिले बलात्कारि छोडेर माला लगाउछौ
उपचार गर्न नसकेर मरेका गरिबको आँसु
न्याय नपाएका निर्मलाका आँसु
अनि चोली फेर्न नपाई कर तिरेका मेरी
ति बुढी आमाका आँसुले बनेको केक
पक्कै पनि नुनिलो हुनु पर्छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology