सकियो ढोरपाटन नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बागलुङ : बुर्तिबाङमा शुक्रबारदेखि सुरु भएको ढोरपाटन नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका अन्र्तगत रहेका मावि तहका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको खेलक्षेत्रमा भएको प्रतिभा प्रस्फुटन गराउने उदेश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको थियो ।

आयोजित कार्यक्रममा १६ समुहलाई पछाडि पार्दै छात्र भलिबल प्रतियोगितामा उत्तरगंगा माविले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ भने शिवालय मावि सैखोला द्वितीय भएको छ ।

भलिबलमा प्रथम र द्वितीय हुने समुहले क्रमश रु पाँच हजार र चार हजार मेडल, कप र प्रमाण पत्र हात पारेका छन् । त्यस्तै ६ विद्यालयको सहभागिता रहेको छात्रा भलिबल प्रतियोगितामा विद्या विकास मावि प्रथम र उत्तरगंगा मावि बुर्तिबाङ द्वितीय भएका छन् ।

छात्रा तर्फ प्रथम र द्वितीय हुने समुहले क्रमश रु ५ हजार, ४ हजार र कप, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
छात्र तर्फको कर्वडी प्रतियोगिता तर्फ जनता बोर्डिङ स्कुल प्रथम, उत्तरगंगा मावि द्वितीय भएका छन् । १२ सय मिटर डौड छात्र तर्फ उत्तरगंगा माविका मानसिँह अदै प्रथम, शिवालय माविका यमबहादुर छन्तयाल द्वितीय भएका छन् । छात्रा तर्फको ८ सय मिटर डौडमा न्यु मोर्डन एकेडेमीका ममता श्रीपाली प्रथम, शिवालय माविका मिना अधिकारी द्वितीय भएका छन् ।

कार्यक्रममा ढोरपाटन नगरपालिका अन्र्तगतका मावि तहका विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । समापन सत्रको कार्यक्रममा कार्यक्रम संयाेजक सोम पौवी यामुको अध्यक्षता, ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम शिक्षक एवम कार्यक्रम सञ्चालन समिती सदस्य दिपेन्द्र छन्त्यालको सञ्चालमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology