सकियो मुसिकोट नगरपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता

गुल्मी : प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य खड्क केसीले ग्वादीका चौरलाई रंगशाला निर्माणको लागि स्थानीय सरकार लागिरहेको र त्यसमा प्रदेश सरकारले पनि लगानी गर्ने बताएका छन् ।

मुसिकोट नगरपालिका स्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिबार समापन गर्दै केसीले विद्यार्थीहरुले खेलकै माध्यमबाट पनि भोलीको भविष्य तय गर्न सक्ने भएकोले खेल्न सक्ने विद्यार्थीहरु अनुसाशित भई उत्कृष्ट बन्न शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा लगाएतको सहभागिता रहेको थियो । मुसिकोट नगरस्तरीय १२ विद्यालय सहभागि भएको सो प्रतियोगितामा २३ स्वर्ण, ६ रजत र ७ कास्य पदक सहित त्रिभुवन मावि कुर्घा भुवाचिदि प्रथम भएको छ ।

त्यस्तै २ स्वर्ण ८ रजत र ६ काश्य पदक सहित नेपाल राष्ट्रिय मावि इन्द्रेगौंडा द्धितीय हुन सफल भएको छ भने २ स्वर्ण १ रजत र ३ काश्य सहित मुसिकोट मावि बडागाउँले तृतीयमा चित्त बुझाएको छ । प्रथम, द्धितीय र तृतीय हुने विद्यालयहरुले क्रमशः १५, १० र ७ हजार प्राप्त गरेका छन् ।

समापन कार्यक्रम मुसिकोट नगर खेलकुद विकास समितिका संयोजक विमल छन्त्यालको अध्यक्षता, सदस्य राम बहादुर विष्टको स्वागत मन्तव्य तथा सचिव विष्णु प्रसाद खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology