टेलिकमले डाटा सेवा प्रभावकारी बनायो

काठमाडौं : नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ ।

कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको प्रणालीमा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको बताएको छ ।

डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको ‘पिसिआरएफ’ प्रणालीबाट जिएसएम प्रविधिअन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले स्तरोन्नति गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

पिसिआरएफ प्रणालीलाई स्तरोन्नति गरेपश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन् ।

यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् ।

यस स्तरोन्नतिबाट कम्पनीको जिएसएम टुजीरथ्रीजीरफोरजीअन्तर्गतका डाटा सेवा ग्राहक वर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology