आर्थिक अवस्था नाजुक भएका बोबाङका जितबहादुरलाई परिवार पाल्न मुस्किल

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७ बोबाङका ३१ वर्षीय जित बहादुर अदैलाई आर्थिक अभावका कारण परिवार धान्न मुस्लिक पर्दै गएको छ ।

जन्मैदेखि बोल्न नसक्ने अवस्थामा रहेका अदैको आर्थिक उर्पाजनको श्रोत नभएपछि उनको परिवार चरम गरीबीमा परेको छ । अदैको घरमा श्रीमती एक छोरा, एक छोरी, बहिनी, र बाबाआमा रहेका छन् । ५ वर्ष पुग्नै लागेका छोरा समेत बोल्न सक्दैनन् । एक बहिनीको अवस्था समेत उस्तै छ ।

अदै परिवारमा आर्थिक उर्पाजनको माध्यमको रुपमा नत कुनै सिप छ नत धन सम्पत्ती नै । जितबहादुरको दैनिकी गाउँका समुदायले मान्द्रो, डोको, चित्रा बुन्नका लागि दिएको जिम्मेवारीमै बित्छ ।

आफुले गरेको कामको पारिश्रमीक रुवरुप अन्न लिँदै आएका उनको कमाईबाट खान पुग्ने भए पनि आर्थिक अभावका कारण छोराछोरी पढाउनै मुस्किल पर्दै आएको स्थानीय कल्याण कायतले बताए ।

जितबहादुर जस्तै बहिनी र छोरा समेत बोल्न नसक्ने भएपछि बहिनीलाई धवलागिरी बहिरा आवासीय मावि बागलुङले निशुल्क अध्यन गर्ने वातावरण मिलाएको छ तर छोराछोरीलाई अध्ययनका लागि समस्या रहेकोे कायतले बताए ।

जितबहादुरको काँधमा बाबाआमा, श्रीमती र छोराछोरी पाल्नेदेखि लिएर सम्पूर्ण जिम्मेवारी छ तर आर्थिक उर्पाजनको माध्यम नहुनु र प्रसस्त खेती योग्य जमिन नभएका कारण परिवार समस्यामा रहेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology