दिप्लभ खाती र राजेश विश्वकर्माको ‘हे बरै’ गीतको म्युजिक भिडियो सार्वजनिक

बागलुङ : नवगायक दिप्लभ खाती र राजेश विश्वकर्माको ‘हे बरै’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ३ बोहोरागाउँका खाती र वडा नम्बर ४ झिम्पाका विश्वकर्माले लामो समयको प्रयासमा ‘हे बरै’ गीत बजारमा ल्याएका हुन् ।

गायक खातीको शब्द लयमा रहेको उक्त गीतमा आफै खाती, गायक विश्वकर्मा र सुगम शेर्पाले स्वर भरेका छन् ।

गीतमा स्यानी श्रीयासी, बिमा अनुरागी र पदम नेपालको कोरस स्वरमा साथ दिएका छन् भने युवराज भण्डारी, एशिका क्षेत्री, प्रकाश आले, चन्द्रमा पाण्डे र यम बिन्दसले अभिनय गरेका छन् ।

गीतको छायाङ्कन सरोज अधिकारीले गरेका छन् । गीत गायक इश्वर सिंहको युट्युब च्यानल मार्फत बजारमा आएको छ ।

हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology