‘गलकोट’को प्रोमोसनल गीत सार्वजनिक (भिडियो सहित)

बागलुङ : गलकोटमाथि बनेको वृत्तचित्रको प्रोमोसनल गीत सार्वजनिक भएको छ । निर्माता ‘युएसबी’ सेवा प्रालिको आफ्नै युट्युव च्यानलबाट शनिबार साँझ गीत सार्वजनिक भएको हो । गीतमा गलकोट, मल्मका ¥यापर बिजेन थापा काजीको स्वर र शब्द छ ।

गीतको भिडियोमा गलकोट क्षेत्रको विविधता झल्काउने दृश्य समावेश छ । गीतसँगै वृत्तचित्रको नयाँ पोस्टर पनि सार्वजनिक गरिएको कम्पनीका निर्देशक आकाश युएसबी थापाले जानकारी दिए । उनका अनुसार वृत्तचित्रको दोस्रो ‘टिजर’ आउँदो मङ्गलबार सार्वजनिक हुँदैछ ।

“यही चैत ८ गते गलकोटमै वृत्तिचित्रको पहिलो प्रदर्शन गर्ने तयारी छ”, निर्देशक थापाले भने, “त्यसपछि च्यारेटी स्वरुप देश विदेशमा प्रदर्शन गर्ने योजना छ ।” वृत्तचित्र ८० मिनेटको छ । वृत्तचित्र निर्माणमा झण्डै ३५ लाख खर्च भएको कम्पनीले जनाएको छ ।

प्रदर्शनबाट बचेको पैसा गलकोटको ग्रामिण भेगको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिनेछ । अध्ययन र पेशाका सिलसिलामा विभिन्न देशमा पुगेका गलकोटवासीलाई लक्षित गरि वृत्तचित्र प्रदर्शन गरिने निर्देशक थापाले बताए ।
निर्देशक थापालगायतको समूहले एक वर्षअघिदेखि वृत्तचित्र निर्माणको काम शुरु गरेको थियो ।

ऐतिहासिक, साँस्कृतिक एवं जैविक विविधताले भरिएको गलकोटको समग्र पक्षलाई वृत्तचित्रमार्फत उजागर गर्न खोजिएको छ ।

“गलकोट क्षेत्रको वर्षभरिको जीवनशैली, रहनसहन, संस्कृति, हावापानी, प्राकृतिक सौन्दर्यको झल्को वृत्तचित्रमा देख्न सकिन्छ”, निर्देशक थापाले भने । गलकोटको बाह्रैमासको विविधता समेट्नका लागि जोखिम मोलेर दृश्य र सामग्री सङ्कलन गर्नुपरेको उनको अनुभव छ । गलकोटलाई देश विदेशमा चिनाउनु र पहिचान स्थापित गर्नु आफ्नो उद्देश्य रहेको थापाको भनाइ छ ।

हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology