पूर्वमिस नेपाल उषा खड्गीले गरिन् ’डिभोर्स’

पूर्वमिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएकी छन्।

इमेज टेलिभिजनलाई दिएको अन्तरवार्ताको दुई भिडिओ क्लिपसहितको फेसबुक पोस्टबाट उनले जिपी तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक जीवन समापन गरेको सार्वजनिक गरेकी हुन्।

’विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन’, उनले सो फेसबुक पोस्टमा लेखेकी छन्।

पोस्टमा उनले सो क्रियाकलापलाई ’नाईं’ भन्ने निर्णय गरेको भन्दै सहयोग र साथ दिने सबैलाई धन्यवाद भनेकी छन्।

शनिबार गरिएको पोस्टमा उनले आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने पनि लेखेकी छन्।

फेसबुकमा उनले अन्तरवार्ताका दुई क्लिप पोस्ट गरेकी छन् जसमध्ये एकमा उनी बोल्दाबोल्दै रोएकी छन्।

उनी मिस नेपाल-२००० को ताज विजेता हुन्। उनको जिपी तिमल्सिनासँग प्रेम विवाह भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology