कांग्रेस बागलुङकोे पदाधिकारी मनोनित प्रति महिला संघको आपत्ति

बागलुङ : नेपाली कांग्रेस बागलुङको गतिविधि माथि नेपाल महिला संघले आपत्ति जनाएको छ ।

पार्टीले गत शुक्रबार पदावधी सकिनै लाग्दा पदाधिकारी मनोनित र विभिन्न विभागका संयोजक तोक्दाखेरी महिला माथि विभेद गरिएको भन्दै आइतबार पार्टी सभापति दिपेन्द्र बहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

‘पार्टीले पदाधिकारीको जिम्मेवारी बाँडफाँड गर्दा महिलालाई पदाधिकारीको कुनै जिम्मेवारी नदिएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ’ ज्ञापन पत्रमा लेखिएको छ ।’

महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, सचिव उषा पौडेल लगायतद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ‘पार्टीले २९ वटा विभागीय संयोजकहरु तोकिरहँदा न्यून सहभागिता स्वरुप महिला विभाग र श्रम विभागमा मात्रै महिलाको नेतृत्व खुम्चाइदिएकोले अहिलेको २१ औँ शताब्दीको समावेशी चरित्र नेपालको संविधान र नेपाली कांग्रेसकै विधान र मर्म विपरित समग्र आधा धर्ती ओगाटिएको महिलाहरुको अपामान भएको छ,’ उल्लेख गरिएको छ ।

उनीहरुले नेपालको संविधान २०७२ र कांग्रेसको विधान बमोजिम क्रियाशिल सदस्यहरुमा महिलाहरुको संख्या कम्तीमा एक तिहाइ हुने गरि वितरण गर्नका लागि पार्टीका सबै तहमा निर्देशन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology