प्रचण्डलाई थप्पड हानेका बागलुङका कुँवर फेरी पक्राउ

काठमाडौं : तत्कालीन एकीकृत नेकपा माओवादी (हाल नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई एउटा कार्यक्रममा थप्पड हानेका पदम कुँवर पक्राउ परेका छन् ।

प्रहरीको सुरक्षा घेरामा रहेको संघीय संसद भवनमा जवरजस्ती छिरेको आरोपमा प्रहरीले शनिबार राति कुँवरलाई पक्राउ गरेको हो ।

संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरीका अनुसार कँुवर शनिबार साँझ संसद भवनको प्रमुख गेट नजिकको शौचलय प्रवेश गरेका थिए । लामो समयसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

प्रहरीसँग उनले नेताहरुले देश बिगारे भन्दै ‘हल्ला गरेपछि’ पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका कुँवरलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दूर्गाराज रेग्मीले कुँवर पक्राउ परेको जानकारी दिए ।

बाग्लुङको राजकुत भर भएका कुँवरले २०६९ सालमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित एउटा कार्यक्रममा प्रचण्डमाथि थप्पड प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology