बागलुङ जिल्लाबाट यस वर्ष ५ हजार १ सय ७८ विद्यार्थी एसइइ परिक्षामा सहभागी हुँदै

बागलुङ : चैत ६ गतेबाट सुरु हुन लागेको एसइइ परिक्षामा बागलुङ जिल्लाबाट यस वर्ष ५ हजार १ सय ७८ जना सहभागी हुने भएका छन् ।

बुधबार शिक्षा विकास तथा समन्वय इकाई बागलुङले पत्रकार भेटघाट गरी जानकारी गराएको हो । परिक्षाको लागि सबै तयारी पुरा भएको बताइएको छ ।

परिक्षामा एक सय ६ सामुदायिक र ३२ संस्थागत गरि एक सय ३८ विद्यालयका विद्यार्थीहरु सहभागी हुँदै छन् । सामुदायिक विद्यालयका २ हजार ६५ छात्र, २ हजार ३ सय ३० छात्रा र संस्थागतका ४ सय २१ छात्र, ३६२ छात्र परिक्षामा सहभागी हुँदै छन् ।

यस मध्ये एक सय ३२ प्राविधिक धार तर्फका र १ सय ८८ ग्रेड वृद्धि समूहका विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुस्मराज उपाध्यायले जानकारी दिए ।

परिक्षाको लागि ३१ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । ३१ वटा केन्द्रहरुमा ३१ वटा केन्द्राध्यक्ष, ३४ जना सहायक केन्द्राअध्यक्ष, २ सय ५९ जना निरिक्षक, ३१ जना सहायक कर्मचारी, १ सय ४ जना कार्यालय सहयोगी र ४ सय ६५ जना सुरक्षाकर्मी परचालन गरिने प्रमुख उपाध्यायले बताए ।

सबैभन्दा बढी विद्यार्थी विद्यामन्दिर मावि बागलुङ परिक्षा केन्द्रमा रहेका छन् । जहाँ ४ सय ४ जना विद्यार्थीले परिक्षा दिने छन् भने सबैभन्दा कम तंग्रामको धारा माविमा रहेका छन् । उक्त विद्यालयमा ५७ जना विद्यार्थीले परिक्षा दिने छन् ।

यस वर्षको २३ जना विद्यार्थीले परिक्षा दिन नपाउने भएका छन् । रहेक परिक्षा केन्द्रमा ‘हेल्प डेक्स’ को स्थापना गरिएको बताइएको छ । इकाई प्रमुख उपाध्यायले ढुक्क भएर मर्यादित र अनुशासित रुपमा परिक्षा दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology