आहा ! हिउँ ओढेको ढोरपाटन (फोटो फिचर)

बागलुङ : नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ ।

ढोरपाटन बागलुङको पश्चिममा पर्छ । यहाँ आदिवासी जनजाति र दलित समुदायको बसोबास बढी छ । यहाँका स्थानीयहरु दुई स्थानमा बसोबास गर्ने गर्दछन् । हिँउदको महिनामा (औल) बोबाङ र वर्षातको समयमा लेक (ढोरपाटन) बस्दै आएका छन् ।

पछिल्लो समय मोटरबाटोले ढोरपाटन जोडिएपछि धेरै सहज भएको छ । मोटरबाटोले गर्दा ढोरपाटन घुम्न जानेहरुको समेत भिड लाग्ने गर्दछ । यहाँ पुग्ने जोहोकोही पनि मनमोहक दृश्यले मोहित हुने गर्द छन् ।

अझ उत्तर बग्ने उत्तर गांगा, माथि माथि देखिने नांगा डाँडाले अझै पर्यटकलाई लोभ्याउँछ । हिउँदको समयमा सेताम्मे हिउँले ढापक्क ढाक्दा ढोरपाटन अझै सुन्दर देखिन्छ ।

यहाँ बस्ने मानिसहरुको आफ्नै रहन सहन, बोलीचाली, रितीरिवाज छ । उनीहरु विशेष गरी आलु खेती बढी गर्दछन् ।

हेर्नुहाेस् फोटोहरु

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology