अधिकारीचौर जोड्ने मोटरेवल पुल अलपत्र, काम नगरे निर्माण कम्पनी कारवाहीमा पर्ने

बागलुङ : ढोरपाटन नगरपालिका वडा नम्बर ५ को अस्तुदेखि ओडारबोट अधिकारीचौर जोड्ने मोटरेवल पुल अलपत्र परेको छ ।

ठेकेदार कम्पनीले काम नगर्दा पुल अलपत्र परेको हो । २०७३ असोज ४ गते वाइटी रफिना जेभी कन्स्ट्रक्सनल कम्पनीले पुल निर्माणको लागि सम्झौता गरेको थियो ।

हाल पुलको दुई वटा पिलर मात्रै ठडिइएको छ । निर्माणको लागि २ दुई करोड ९१ लाख २३ हजारको सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।

वाइटी रफिना जेभी कन्स्ट्रक्सनल कम्पनीका रबिन जोशीले अरुलाई जिम्मा दिँदा काम नगरेको हुँदा पुल निर्माणमा ढिलाई भएको बताए । जोशीले केही समयमै पुलको काम सुचारु गर्ने बताए ।

पुल १६ महिनामा सम्पन्न गर्ने गरि सम्झौता भए पनि तीन वर्ष बिति सक्दा पनि काम ५० प्रतिशत काम हुन सकेको छैन् । सम्झौता भए अनुसार २०७४ जेठमा काम गर्ने म्याद सकिएको थियो ।

सरकारले ठूला ठेकेदार कम्पनीहरुलाई केही समयको म्याद थप गरेको छ । उक्त म्याद थप गरे अनुसार २०७७ असार मसान्तसम्मा काम सक्नु पर्ने हुन्छ ।

सडक डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख रामेश्वर लम्सालले थप भएको म्यादमा काम सम्मन्न नभए कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडी बढाउने बताए ।

समयमै पुल नबन्दा ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौर, नाथुरी, भैँसीखर्क लगायका स्थानीयहरुलाई खोलावारपारमा सास्ती भएको ।

समयमै खोलामा पुल नबन्दा नाथुरीमा उत्पादन हुने तरकारी बोकेरै बजारसम्म पु¥याउनु पर्ने बाध्यता भएको स्थानीय शिवराज कँडेलले जानकारी दिए ।

‘गाउँमा थुप्रै तरकारी उत्पानद हुन्छ, सहज रुपमा बजारमा पु¥याउनको लागि खोलामा पुल बनेको छैन’ उनले भने ‘यसले गर्दा सयमै तरकारी बजारमा पु¥याउन नसक्दा कुहिने, बिग्रिने समस्या भएको छ ।’

हिँदउको समयमा जसोतसो खोला तर्न सके पनि वर्षातको समयमा गाडी वारपार गर्न नसक्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

संचारको दुनियाँमा छुट्टै पहिचान दिनको लागि स्थापित बागलुङ पोस्ट डकटम तपाईको सूचनाको प्यासलाई मेट्नको लागि सधैँ तत्पर छ । बागलुङ पोस्ट समाजमा भएका गविधिलाई टपक्क टिपेर प्रकाशन गर्ने छ । भ्रष्टाचार, अनियमितताको सधै भण्डाफोर गर्न छ । हामी ताजा र खोजमूलक समाचार, विचार र विश्लेषण निरन्तर सम्प्रेषण गर्दै जानेछौँ ।

हाम्रो टिम

सह-सम्पादक-सुवास आचार्य

व्यवस्थापक-नवराज नेपाली

सम्पर्क

बागलुङ पोस्ट

निसीखाेला गाउँपालिका-४, बागलुङ

ईमेल:[email protected]

 

    Subscribe

© copyright 2019 and all right reserved to Baglung Post | Site By : SobizTrend Technology